October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १, २०८० ११:२५
हिमालीको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज भएको छ।

गाउँपालिका आफ्नै डोजर खरिद गरेर पालिकामा ल्याएपछि निर्माणका क्षेत्रमा निकै सरल भएको छ। यहाँका मुख्य सडक देखि ग्रामीण सडक नयाँ निर्माणकार्य सहित मर्मत गर्ने कामका लागि छिटोछरितो संगै सहज हुने गरेको छ। अहिले पालिका अधिकास ग्रामीण सडक मर्मत गर्ने काम आफ्नो डोजर भएको कारणले गाउँपालिका लाई समस्या मुक्त भएको छ।

अहिलेको वर्ष भन्दा ६/७ वर्ष आफ्नो साधन नहुदा अगाडि अर्कोको डोजर माग गरेर केही काम ढिलासुस्ती हुने गरेको थियोे। भने आजभोलि पालिकाकै स्रोत संगै साधन भएको हिसाबले विकास निर्माणकार्य पहिलेको भन्दा अहिले जतिखेर भने उत्तिखेर बनाउन धेरै राम्रो भएको छ। भौतिक विकास सडक निर्माण काम देखी भवन जग बनाउनका लागि खनिने प्रयोग गरिने कार्य गाउँपालिका डोजर प्रयोग गरि काम सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।

पालिका भित्रका सानोतिनो देखि ठुलो निर्माणकार्यका लागी डोजर हुनसक्ने काम चाडै हुने गरेको छ। विकास लाई तिव्र रूपमा अगाडि बढाउन आफ्नो स्रोतसाधन भए भने काम गर्ने सहजै बन्ने वातावरण सिर्जना हुने गर्दछ। अहिले पालिकाले सानोतिनो कामकाज गर्ने सरल ढंगले निर्माणका काम निरन्तर भैरहेको छन।

अहिले आफ्नै डोजर हुँदा गाउँपालिका लगायत स्थानीयहरुलाई समेत फाइदा भएको छन। स्थानीय डोजर मार्फत गर्नसक्ने कार्य सस्तो पैसाले काम सम्पन्न गरेका छ्न। हामीले गाउँपालिकाको डोजर खरिद कार्य गरि पालिकामा पुर्‍याउन साथ विकासका काम सहयोग पुगेको छ। त्यति मात्र होइन सडक मर्मत काम देखि विभिन्न भौतिक पुर्वाधार निर्माणकार्य क्षेत्रमा सहज भएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट