October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमालीमा

  • सेती कर्णाली खबर
  • सोमवार, माघ १५, २०८० 0३:१६
नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमालीमा

उमेश रोकाया,बाजुरा- नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमाली गाउँपालिकाको वडामा सुरु गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजनामा समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। काङ्ग्रेसको मुख्य अभियान समुदायमा पुगेर जनता अपेक्षा र गुनासा सुन्न, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था संगै विकास निर्माण, समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने हाम्रो अभियान रहेको छ।

जनताबाट आएका सुझावलाई तत्काल तहमा कार्यान्वयनका लागि पहल कदमी लिने र पाटीको निति निर्माणमा नितिगत मार्गदर्शनको रुपमा लिने उद्देश्यले वडामा अभियान सञ्चालन गरिएको छ। वडा भित्रका समस्या जनता लागेका सुझाव सल्लाह सहित संकलन गर्न हामी काङ्ग्रेस निरन्तर रूपमा लागिपरेका छौ। काङ्ग्रेस पाटी जनता पक्ष राम्रो नराम्रो कुरालाई बटुलेर अगाडि तिव्र गतिमा हिडिरहेको जिल्ला कार्यसमिति बाट खटिएका प्रतिनिधि सुपद्रा पाण्डेले बताएका छ्न।

गाउँ टोलमा नेपाली काङ्ग्रेस पाटीका सुदृढीकरण सम्बन्धि विषय छलफल गरेको छ। पहिलो भन्दा अहिले काङ्ग्रेस पाटी नेताकार्यकर्ता सक्रियता राम्रो भएको देखिन्छ। पाटी बलियो बनाउन र जनताको घरदैलोमा गएर अन्तरक्रिया कार्यक्रम सञ्चालन ल्याएको छ। हामी अहिले काङ्ग्रेस पाटीको उदेश्य मिसन भन्ने कुरा अवगत नै रहेकोे छ। अहिले मुख्य तया भिजन लाई अगाडि लिएर कार्यान्वयन पक्षमा काङ्ग्रेस पाटी अग्रता लिएको छ।

जनता हाम्रा हुन हाम्रो पाटी जनताको दुख र सुखमा साथमा सहयोग गर्ने एक निकट पाटीको रूपमा रहेकोे छ। अब पाटीमा गाउँ टोल वडा हुदै केन्द्र सम्म एकता खाचो रहेकोे छ। त्यसका निम्ति हाम्रो यो अभियान समुदायमा अन्तरक्रिया कार्यक्रम सुरु गरिएको छ। उक्त कार्यक्रम नेपाली काङ्ग्रेस वडा कार्यसमिति सभापति अमर रावल प्रमुख अतिथि नेपाली काङ्ग्रेस महाअधिवेशन प्रतिनिधि सुभद्रा पाण्डे लगायत जिल्ला कार्यसमिति सदस्य, प्रदेश कार्यसमिति सदस्य, गाउँ कार्य समिति सदस्य, वडा कार्यसमिति सदस्य लगायतका पदाधिकारी उपस्थितमा काङ्ग्रेस अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको वडा सभापति अमर रावलले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, माघ १५, २०८० 0३:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट