October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १२, २०८० 0६:0४
स्वामिकार्तिकमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ।

गाउँपालिकाको वडा नं तीन जुकोटमा रहेको शम्भु सुनन्दा माद्यामिक विद्यालयमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको हो । फिल्ड व्यवस्थापन र सरसफाइ लगायतका अन्य सम्पुर्ण तयारी पूरा भए संगै आजबाट प्रतियोगिता सञ्चालन भएको विद्यालयले जनाएको छ । आज एक कार्यक्रमका विच प्रतियोगिताको उद्धघाटन गरीएको छ । सम्भु सुनन्दा माद्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज शाहीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया प्रमुख अतिथी रहनुभएको थियो ।

गाउँपालिकाका पाचँ वटा वडाका अध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकाया विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाही, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष रोशन शाही, कृषि शाखा प्रमुख विनोद शाही, विभिन्न पार्टी प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी र पत्रकार लगायतको उपस्थित रहेको थियो ।

प्रतियोगिता सञ्चालन भएको पहिलो दिन आज जनप्रतिनिधि र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी विच दौड प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया, पाचँ वटै वडाका वडाअध्यक्ष र शुम्भु सुनन्दा माद्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज शाही विच भएको एक सय मिटर दौड प्रतियोगितामा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शाही प्रथम हुनुभएको थियो ।

उद्धघाटन प्रतियोगिताको पहिलो दिनमा भएको प्रतियोगितामा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शाही प्रथम, वडान ४ का वडाअध्यक्ष शिहं धामी द्धितिय र वडा न ३ का अध्यक्ष प्रेम कट्टेल तृतिय हुनुभएको कुलादेवि माविका शिक्षक शंकर रावलले जानकारी दिनुभयो । त्यस्तै छात्र तर्फ भएको सर्टफुट प्रतियोगितामा स्वामीकार्तिक माद्यामिक विद्यालय वाईका छात्र नारायण शिह कठायत प्रथम हुनुभएको छ।

भने शम्भु सुनन्दा माद्यामिक विद्यालय जुकुका छात्र दन्त मोची द्धितिय र राघुमाता माविका छात्र अधिकार वुढा तृतिय हुनुभएको शम्भु सुनन्दा माद्यामिक विद्यालय जुकोटका सुचना अधिकारी नरेन्द्र बहादुर मल्लले बताउनुभयो ।त्यस्तै छात्रा तर्फ शम्भु सुनन्दा मावि जुकुका छात्रा उन्नती रोकाया प्रथम हुनुभएको छ भने राघुमाता माविका छात्रा सम्झना कठायत द्धितिय र शम्भु सुननन्दा मावि जुकोटका छात्रा जुनकेशरी तृतिय हुनुभएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा विभिन्न विधाका १५ वटा खेल संञ्चालन हुने छन । जसमा महिला पुरूष भलिवल, लम्जम्प, हाई जम्प, कबड्डी, ज्याप्लीङ्थ्रो, सटफुट र दौड लगायतका विभिन्न खेल संञ्चालन हुने शिक्षकले बताएका छन । करीव एक हप्ता सम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयको सहभागिता रहेको सुचना अधिकारी शाहीले बताउनुभएको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १२, २०८० 0६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट