October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज २४, २०८० 0३:५१
बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

बाजुरा —बाजुराका मुख्य तथा ग्रामिण सडकमा चल्ने जिपको नयाँ भाडादर कायम गरिएको छ । जिप व्यवसायीले यात्रुबाट मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको बैठकले नयाँ भाडादर कायम गरिएको हो ।

यातायत व्यवस्था विभाग, नौ वटै स्थानिय तहबाट निणर्य भई अर्को निणर्य नभएसम्म जिल्ला भित्र चल्ने साना सवारी साधनहरुको नयाँ भाडादर कायृम गरि भाेलिदेखि लागू हुने जनाएको छ । जसमा जिल्ला भित्रका पक्की सडकमा प्रति किलोमिटर ८ रुपैया कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै ग्राभेल सडकहरुमा प्रति किलोमिटर १५ रुपैया र कच्ची सडकमा प्रति किलोमिटर २२ रुपैया निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्लामा चल्ने लामो तथा छोटो दुरीका भाडा सवारी साधनले यात्रुसंग बढि भाडा असुल्ने, दुर्ववहार गर्ने, क्षमता भन्दाबढि यात्रु राख्ने सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गर्न निणर्य गरेको छ ।

त्यस्तै सवारी सवारी साधनले अनिवार्य रुपमा चलानी गरेर जाने, यात्रुलाई टिकट दिने र सम्बन्धी कार्य भए नभएको जिल्ला प्रहरी, ट्राफिक प्रहरी कार्यालय बाजुराले निगरानी राख्ने जनाएको छ । सो नियमलाई अटेरि गर्दै क्षमता भन्दाबढि यात्रु राख्ने, बढी भाडा असुल्ने र टिकट नदिएको पाइएमा नियन्त्रणमा लिई कानुनी कारवाही गर्ने बताएको छ ।

त्यस्तै बैठकमा पूर्वाधार विकास कार्यालय साफेँबगरले कोल्टी मार्तडी सडक खण्डको अप्ठयारा ठाउँलाई पहिलो प्रथामिकताका साथ मर्मत सुधार गर्न निणर्य गरेको छ । कोल्टी क्षेत्रमा पर्ने स्थानिय तहलाई एक आपसमा समन्वय गरि मार्तडी कोल्टी सडक अन्य निकायसंग दोहोरो नपर्ने गरि मर्मत सुधार कार्य गर्ने जनाएको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज २४, २०८० 0३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट