October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज १०, २०८० १४:३३
सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

बाजुरा – जिल्ला अस्पताल बाजुरामा अप्रेशन गरेर दुई बच्चाको जन्म दिएकी सुत्केरी महिलाको बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
बडीमालिका नगरपालिका–९मार्तडीकी १८ वर्षीया ललिता नेपालीको अप्रेशन गरेर बच्चा निकालेपछि मुर्छा पर्ने,बेहोस हुने लगायतका लक्षण देखा पर्ने  थालेपछि रिफर गरेका जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी  नृपराज गिरीले बताएका छन् ।
सुत्केरी महिला नेपालीको जिल्ला अस्पताल बाजुरमा अप्रेशन गरेर दुई नवजात शिशुको निकालिएको थियो ।
अस्पताल बाजुराले रिफर गरेर जिल्लामा उपचार सम्भव नभएको प्रशासनलाई जानकारीपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
महिलाको अवस्था गम्भीर भएकाले महिला तथा बालबालिका समाज कल्याण मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी  दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सुत्केरी महिलाको ज्यान खतरामा भएकाले नेपालगञ्ज लैजाने गरी नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताए ।
मंगलबार नेपाली सेनाको हेलिकप्टरमा हिमाली गाउँपालिका–१ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाले अत्याधिक रक्तश्राव र नाल नआएर पाठेघरको मुख बन्द भएपछि  उद्धार गरिएको थियो ।

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज १०, २०८० १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट