October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ४, २०८० १0:0८
मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ।

हिमाली गाउँपालिकाको आयोजना र ग्लोबल एडभोकेशी नेपालीको सहजीकरणमा पालिकाको सभा हलमा प्रमाणपत्र वितरण गरेका छन। मिति २०८० जेष्ठ १२ गतेदेखि १९ गतेसम्म संचालित आठ दिवसीय (४८ घण्टा) मेलमिलाप सम्बन्धि आधारभुट तालीममा सहभागिता गरेर तालीम गरिएको थियो।

उक्त तालीम सहभागितालाई हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम गरिएको छ। प्रमुख अतिथि जिल्ला न्यायाधीश ढाकाराम पौडेल र प्रमुख प्रशिक्षक हर्कबहादुर खडायत लगायत तालिम सहभागिता प्रमाणपत्र वितरण गरिएको तालिम प्रशिक्षक,हर्कबहादुर खडायतले बताउनुभयो।

तालिमका सहभागिताहरु लाई सफलतापुर्वक तालीम पूरा गर्नुभएकोमा थप हौसला प्रदान रहेको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर र प्रमुखको अतिथि जिल्ला न्यायाधीश ढाकाराम पौडेलको हातबाट तालीम सहभागीलाई प्रमाण-पत्र प्रदान गरिएको खडायतले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ४, २०८० १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट