October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुवास नेम्वाङका छोरा सुहाङले भने- बुवाका बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस्

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ३१, २०८० १३:४५
सुवास नेम्वाङका छोरा सुहाङले भने- बुवाका बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस्

काठमाडौं — हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफ्ना पिताले गर्न बाँकी रहेका काम पूरा गर्न पाआफुलाई र्टीले आत्मबल दिने विश्वास व्यक्त गरेका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुगेका विष्णु पौडेलसहितका नेताहरूप्रति आभार प्रकट गर्दै उनले आफ्ना बुवाले गर्न बाँकी काम धेरै रहेकोले ती काम पूरा गर्न पार्टीले आफुलाई आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

अधिवक्ता समेत रहेका सुहाङले पिता सुवास नेम्वाङको आकस्मिक निधनबाट मुलुक, पार्टी र परिवारलाई ठूलो क्षति भएकाले बाँकी सपना पूरा गर्न आफू प्रयत्नरत रहने बताएका छन्।
एमालेका प्रमुख सचेतक पदम गिरीले दलको तर्फबाट परिवारलाई समवेदना प्रकट गरेका थिए ।

सुहाङ स्वर्गीय नेम्वाङका कान्छा छोरा हुन् । उनी बुबाको राजनीतिमा समेत सहयोगी थिए ।

नेम्वाङका जेठो छोरा भने बेलायतमा बस्छन् । उनी बुबाको निधनपछि आएका हुन् । दुई छोरीमध्ये जेठी सुशाङ दन्त चिकित्सक र कान्छी सम्या विद्यार्थी हुन् ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ३१, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट