October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका ७का जनप्रतिनिधि तथा कर्मचारीले बाटाे मर्मत कार्य गरेका छन्

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३०, २०८० १६:४३
बडिमालिका ७का जनप्रतिनिधि तथा कर्मचारीले बाटाे मर्मत कार्य गरेका छन्

देबराज पाध्याय
श्राबण ३०
बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि तथा कर्मचारी हरुले आज जिल्ली पहिराेमा रहेकाे बाटाे मर्मत गरेका छन्।
मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली काे बिद्यालय नजिक निरन्तर पहिराे खसेर मानिसलाई आवतजावत गर्न समस्या भएकाेले आज बडिमालिका नगरपालिका वडा न ७ का जनप्रतिनिधि तथा कर्मचारी हरुले अफिस समय पछी बाटाे मर्मत गरेका छन् ।

जिल्ली बाट साना बालबालिका हरु बिद्यालयमा आवतजावत गर्न समस्या भएकाले साेलाई मध्यनजर राख्दै आज बाटाे मर्मत गरेका हुन ।मार्तडी काेल्टी हुम्ला, मुगु मा समेत जाने र घरतिरबाट काठमाण्डाै ,  धनगढी, नेपालगंज मा  जाने र उपचार गर्न जाने हरु लाई समस्या भएकाे देदेर यसलाई मध्यनजर गरेर बाटाे मर्मत गरेकाे वडा सदस्य डब्बल बिक ले बताएका छन् ।
मार्तडी बाट माथिल्लाे भेगमा आवत जावत तथा दैनिक उपभाेग्य सामान हरु ढुवानी गर्न समेत समस्या भएकाे पिलुचाैर का व्यापारी भगीरथ शाहीले बताएका छन् साथै खच्चरमा समेत सामान ढुवानी गर्न समस्या भएकाे छ। जिल्ली पहीराेले गर्दा खालिमानिस लाई हिड्न गार्हाे भएकाेले सामान ढुवानी कसरी गर्ने  शाहीले थपेका हुन्।

  सबै भन्दा त जिल्लीबाट लक्ष्मी मा बि जिल्लीमा पढ्न आउने साना बालबालिका हरु र शिक्षक लाई बिद्यालय मा आउन र जान समस्या  भएर तिनिहरुकाे पढाईमा बाधा हुने भएकाेले  त्यसलाई मध्यनजर गरेर आफुले बाटाे मर्मत   गरेकाे कार्यबहाक वडाअध्यक्ष लाेकेन्द्र बहादुर राेकायाले बताएका छन् ।
बाटाे निर्माण गरी सकेपछी अब सहजै बालबालिका तथा बृद ,बिरामि हरुले आबतजावत गर्न सक्ने भएकाे छ अब बिद्यालयमा अाउने साना नाी लाई बिदयालयमा आउन जान सहजहुने भएकाे  राेकायाले बताएका छन् ।

मार्तडी बाट  काेल्टी आवत जावत गर्न  ५ ठाउमा जिप परिबर्तन गर्नु पर्ने हुन्छ भने ठाउठाउमा पहिराे खसेकाे र खाेलामा पानीकाे बहाव बढेकाले यात्रुलाई समस्या हुने भएकाे छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३०, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट