October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गैर आवासीय नेपाली संघ कतारको सह कोषाध्यक्ष मा आचार्य को उम्मेदवारी घोषणा

  • सेती कर्णाली खबर
  • सोमवार, साउन १, २०८० १७:१४
गैर आवासीय नेपाली संघ कतारको सह कोषाध्यक्ष मा आचार्य को उम्मेदवारी घोषणा

दोहा कतार – गैरआवासीय नेपाली  संघको आगामी ०२३-०२५ को सह कोषाध्यक्ष मा झबिन्द्र आचार्य ले उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन ।
कतार लाई १६ बर्ष देखि कर्मथलो बनायका आचार्य कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको दिन देखि सामाजिक काम को क्रम मै गैर आवासीय नेपाली संघ कतारको पार्षद भयका थिय आचार्य गुल्मि सेवा समाज कतार को अध्यक्ष लुम्बिनि प्रदेश समन्वय परीषद कतारको सचिवालय सदस्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार को २०१९-२०२१ मा कार्यसमिति सदस्य रहेर काम गरेको अनुभव छ आचार्य बाग्लुङ सेवा समाज कतार को मानार्थ सदस्य पनि हुन। बिगतमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार द्वारा घोषित कार्यक्रम अन्तरगत
कोभिड १९ मो विश्व माहामारी मा कतार मा रहेका नेपाली श्रमिक हरुको सेवामा आफ्नो ज्यानको प्रवाह नगरी दिन रात सहयोग र उद्धार सहित राहत बितरण मा अग्र स्थानमा सेवा गरेको ब्यक्ति हुन !
सेवा नै धर्म हो भन्ने हेतुले कतार मा नेपाली श्रमिक हरु समस्या मा परी अलपत्र परेका मजदूर हरुलाई नेपाली नियोग सङ्ग समन्वय गरी खाना र बासस्थान को ब्यबस्था र नेपाल जान चाहाने मजदूर हरुलाई आफ्नै ब्यक्तीगत खर्च बाट हवाई टिकट को ब्यबस्था गरेको लगायत देश बिदेश मा कुनै समस्या मा परेका ब्यक्तीहरुलाई सहयोग गरीरहने ब्यक्ती हुन !

गैर आवासीय नेपाली संघ कतारको दसौँ राष्ट्रीय अधिवेशन आगामी जुलाइमा हुदै छ ।

२०२३- २०२५ का लागि सह कोषाध्यक्ष मा उम्मेदवारी घोषणा गरेका छन ।

उनको यो समाजसेवाको लगावले नै सबैले सहयोग गरि निर्बाचित गराउनेमा ढुक्क छन उनि ।
दोहामा नेपाली श्रमिक हरु लाई आइपर्ने समस्याको समाधान संगै अझै काम गर्ने प्रतिबद्धता जाहेर गर्दै कतारका अग्रज र अन्य संघसंस्थालाइ उनले सामाजिक संजाल फेसबुक मार्फत गरेको अपिल यस्तो रहेको छ जस्ताको त्यस्तै ।
आदरणीय गैरआवासीय नेपाली संघसंग आवद्ध अग्रज अभियान्ता ज्यूहरु, कतारका भिभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारी ज्यूहरु, कतारवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, बुद्धिजीवी, पत्रकार, समाजिक अभियन्ता, पार्षद सदस्य ज्यूहरु लगायत सम्पूर्णमा सादर नमस्कार ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको र विभिन् सामाजिक संघ संस्था मा बिभिन्न जिम्मेवारीमा रहि सफलता पूर्व कार्यसम्पादन गर्दै आईरहेको यहाँहरूलाई सर्व विदित्तै छ । यहाँहरूकै साथ, समर्थन र सहयोगबाट आफूलाई यस उचाईमा पाउँदा यहाँहरू सम्पूर्ण प्रती ऋणी छु ।
यहाँहरूकै सल्लाह, सुझाव र हौसलालाई शिरोधार्य गर्दै पुनस् गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दसौँ औं राष्ट्रिय अधिवेशन मार्फत एनसीसी कतारको २०२३-२०२५ कार्यकालका लागि सह कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।थप, सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु र मलाई भारी मतका साथ बिजय गराउनुहुने छ भन्ने पुर्ण आशावादी पनि छु धन्यवाद जय नेपाल जय एनआरएनए
झबिन्द्र आचार्य 
उम्मेदवार
सह कोषाध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार

  • सेती कर्णाली खबर
  • सोमवार, साउन १, २०८० १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?