October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गैर आवासीय नेपाली संघ (NRNA) कतारको युवा उपाध्यक्षमा डेग बहादुर भारती (सुमन)को उम्मेदवारी

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २८, २०८० १४:३१
गैर आवासीय नेपाली संघ (NRNA) कतारको युवा उपाध्यक्षमा  डेग बहादुर भारती (सुमन)को उम्मेदवारी

कतार दोहा- आगामी ०२३-०२५ को एनआर एन ए निर्वाचनको लागि डेगबहादुर भारतीले  गैर आवासीय नेपाली संघ (NRNA) कतारको यूवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
कतार लाई १७ बर्ष देखि कर्मथलो बनायका भारती कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको १ बर्षपछि गैर आवासीय नेपाली संघ कतारको पहिलो पटक पार्षद सदस्य बनेका हुन । उनि सामाजिक कार्यमा असाध्यै रुचि राख्ने ब्यक्ती हुन र गित संगित मा रुचि राख्ने भारती मितेरी फिल्म्स साँस्कृतिक समुह कतार को अध्यक्ष, अन्तर्राष्ट्रिय साँस्कृतिक मंचका प्रथम उपाध्यक्ष मा रहेर काम गरेको अनुभव छ भारती सङ्ग र चितवन युवा समुह कतारको कार्यसमिति को युवा संयोजक पनि हुन भने गैर आवासीय नेपाली संघ कतारको वर्तमान युवा संयोजक पनि छन विश्व महामारी कोभिड १९ को बेला कतार मा समस्यामा परेका नेपाली तथा गैर नेपाली श्रमिक हरुको उद्धार र राहत बितरण मा उनि अग्र स्थान मा सेवा गरेका थिय उनी नेपाली कङ्ग्रेस को प्रवासी सङ्गठन नेपाली जनसम्पर्क समिति कतारसँग नजिक मानिन्छन् ।

गैर आवासीय नेपाली संघ कतारको अधिवेशन आगामी जुलाइमा ।
०२३- ०२५ का लागि युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।उनी चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास साँस्कृतिक संयोजक समेत रहेका छन । साँस्कृतिक क्षेत्रमा अब्बल र आफु पनि कलाकार भएको कारण नेपालबाट सबैभन्दा बढि र चर्चित कलाकारहरुलाइ कतार मा लैजान संयोजकको भुमिकामा रहन्छन उनि । उनको यो समाजसेवाको लगावले नै सबैले सहयोग गरि निर्बाचित गराउनेमा ढुक्क छन उनि ।
दोहामा नेपाली श्रमिक हरु लाई आइपर्ने समस्याको समाधान संगै अझै काम गर्ने प्रतिबद्धता जाहेर गर्दै कतारका अग्रज र अन्य संघसंस्थालाइ उनले सामाजिक संजाल फेसबुक मार्फत गरेको अपिल यस्तो रहेको छ जस्ताको त्यस्तै ।
आदरणीय गैरआवासीय नेपाली संघसंग आवद्ध अग्रज अभियान्ता ज्यूहरु, कतारका भिभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारी ज्यूहरु, कतारवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, बुद्धिजीवी, पत्रकार, समाजिक अभियन्ता, पार्षद ज्यूहरु लगायत सम्पूर्णमा सादर नमस्कार ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न जिम्मेवारीमा रहि सफलता पूर्व कार्यसम्पादन गर्दै आईरहेको यहाँहरूलाई सर्व विदित्तै छ । यहाँहरूकै साथ, समर्थन र सहयोगबाट आफूलाई यस उचाईमा पाउँदा यहाँहरू सम्पूर्ण प्रती ऋणी भएको बताए ।
यहाँहरूकै सल्लाह, सुझाव र हौसलालाई शिरोधार्य गर्दै पुनस् गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न १० औं राष्ट्रिय अधिवेशन मार्फत एनसीसी कतारको २०२३-२०२५ कार्यकालका लागि यूवा उपाघ्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु । थप, सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु र मलाई भारी मतका साथ बिजय गराउनुहुने छ भन्ने पुर्ण आशावादी पनि छु धन्यवाद जय नेपाल जय एनआरएनए
डेग बहादुर भारती सुमन उम्मेदवारयूवा उपाध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २८, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट