October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १४, २०८० ११:0९
बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा  जीप दुर्घटना भएर ७ जना  घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ ।

जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परिवार, सोही वडाका वर्ष ३० का पुन्न सार्की, ३० वषकै नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, हिमाली गाउँपालिका वडा नं ४ का वर्ष ३५ का छम्मा सुनार र वडा नं ६ का वर्ष १८ का मान बहादुर सार्की , बाजरा बुढिनन्दा नगरपालिका  २ वडाका २८ वर्षिय दान बहादुर सार्कि   घाइते भएको इलाका प्रहरी कार्यालय कोल्टीले सेतीकर्णाली खवरलाई जानकारी  दिएको छ।

घाइते सबैको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइतेहरुकाे टाउको,  ढाड, कम्मर, आखाँ, नाकमा चोट लागेको जनाइएको छ । १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दिउँसो साढे १ बजे सडकबाट करिव ३ मिटर तल खसेको प्रहरीले बताएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १४, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट