October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दामा कृषकसंग नगरप्रमुख कार्यक्रमद्वारा ९५ जना कृषक सम्मानित

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:२५
बुढिनन्दामा कृषकसंग नगरप्रमुख कार्यक्रमद्वारा ९५ जना कृषक सम्मानित

सेतीकर्णाली  खबर – ३२ जेठ, बाजुरा / बुढिनन्दा नगरपालिकामा कृषक संग नगर प्रमुख कार्यक्रम प्रभाकारी बन्दै गएकाे छ्।  ९५ जना  सफल कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेका छन् ।

नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे ।

बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ र १७ गतेका दिन बडा दशैंकाे अवसरमा आयाेजना गरिएकाे कृषि मेला प्रदर्शनी कार्यक्रममा कृषि जन्य र पशुजन्य सामाग्री प्रदर्सनमा सहभागी कृषकहरूलाई प्रोत्साहन सहित सम्मान गरेकाे कृषि विकास शाखाका प्राविधिक दिपक कार्किले बताएका छन् ।

बिहिवार बुढीनन्दाकाे कृषि विकाश शाखाले एक कार्यक्रमका विच नगरभित्रका ९५ जना कृषकहरूलाई दाेसल्लासहित प्रमाण पत्र दिएर सम्मान गरेकाे छ ।

कृषकहरूलाई प्राेत्साहन तथा सम्मान कार्यक्रममा  बाेल्दै नगर प्रमुख जनक कुमार बाेहोराले यहाँका कृषकलाई आत्मनिर्भर र व्यवसायिक बनाउन कृषि क्षेत्रमा प्रयाप्त लगानि गर्ने बताएका छन् ।

उनले आगामी वर्षदेखि बाहिरबाट आएका सडेगलेका तरकारीहरू पालिकामा विक्री वितरण गर्न नदिने  समेत बताए ।
नगरपालिकाले आगामी आर्थिक वर्षकाे सूरूवातमै कृषि एम्बुलेन्स खरिद गरि संचालनमा ल्याएर कृषकहरूकाे बारीमा उत्पादन भएकाे कृषि जन्य सामाग्रीकाे बजारीकरण गर्ने उनले बताएका छ ।

नगरभित्रका कृषकहरूलाई कृषि पेशामा आत्मनिर्भर र व्यसायीक बनाउने उदेश्यले २०७९/२०८० मा कृषकसंग नगरप्रमुख कार्यक्रम संचालन गर्दै आएकाे छ । नगरपालिकाले कृषि क्षेत्रमा मात्रै गत वर्ष  ४० लाख बजेट विनियाेजन गरेकाे थियाे ।

कृषि विकास शाखाका प्रमुख जयलाल दानीकाे अध्यक्षतामा संचालन गरिएकाे कृषकसंग नगरप्रमुख कार्यक्रम अन्तरगत कृषकहरूलाई  प्राेत्साहन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहरा, विशिष्ट अतिथि उपप्रमुख रामबहादुर बाेहरा रहेका थिए ।

पशु सेवा शाखाका प्रमुख भरत जाेशीले संचालन गरेकाे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्ताेष कुमार शाह, वडाअध्यक्ष लगायत १ सय बढि कृषकहरूकाे सहभागिता रहेकाे थियाे ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट