October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

माथिल्लो कर्णाली जल पर्यटन महोत्सवबाट : ९ बुँदे कुण्डा एकीकृत बिकास घोषणा पत्र जारी

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख ८, २०८० १३:४२
माथिल्लो कर्णाली जल पर्यटन  महोत्सवबाट : ९ बुँदे कुण्डा एकीकृत बिकास घोषणा पत्र जारी

बाजुरा जिल्लाकाे प्रदेश (क) कुण्डा क्षेत्रमा भर्खरै सम्पन्न  भएको माथिल्लो कर्णाली जल महोत्सवले  कुण्डा क्षेत्रकाे एकिकृत विकासका  लागि ९ बुँदे घाेषणा पत्र जारी गरेको छ।

विकास र समृद्धिको आधार निर्माणका रुपमा आयोजना गरिएको महोत्सव ९ बुँदे कुन्ना घोषणा पत्र संगै कृषि ,जल पर्यटन र धार्मिक, मौलिक परम्परागत रुपमा मनाउदै आएका साँस्कृति प्रस्तुत गर्दै महोत्सव सम्पन्न भएको हो ।
हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको सयुक्त आयोजना र नेपाल पर्यटन बोर्ड लगायतका निकायसँगको सहकार्यमा महोत्सव २०८० बैशाख ४ देखि ७ गतेसम्म ४ दिन सम्म सञ्चालन  भएको हो ।
स्थानीय कला, सँस्कृतिको प्रवद्र्धन, कर्णाली जल पर्यटनको संभावनाको अध्ययन र रैथानी बालीको संरक्षण तथा पहिचानका लागि आयोजित महोत्सवले कुन्ना क्षेत्रको विकास र समृद्धिका प्रमुख संभावना समेटिएको ९ बुँदे घोषणा पत्र जारी गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

हिमाली गाउँपालिकामा सुरुको दुई दिन कार्यक्रम सकाएर, तेस्रो र चौथौ दिन कर्णाली र्याफ्टीङ् सहीत स्वामिकार्तिक खापर गाउँपालिकाको स्थित कर्णालीको बगरमा महोत्सव आयोजना गरिएको थियो।

जारी घोषणा पत्रमा कुवाडी देखि चिसापानीसम्मको जल पर्यटनको संभाव्यता अध्यनन गरि कवाडीदेखि पीलुचौर पादुका सम्मको जल पर्यटनलाई व्यवसायीक रुपमा सञ्चालन गर्न सम्बन्धीत निकायसँग समन्वय र सहकार्य गर्ने विषय उल्लेख गरेको छ ।

कुन्ना क्षेत्रको रैथानी वाली, आलु पशुपालन र जडिबुटीको उत्पादन उपभोग र बजारिकरणका साथै संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रमगत र नीतिगत रुपमा निरन्तर समन्वय र सहकार्य गर्ने विषयलाई पनि घोषणा उल्लेख छ ।

महोत्सव आयोजनामा बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाले सहकार्य नगरेको आरोप लगाएका आयोजक पालिकाले बाजुराको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन राजनीतिक दलहरु बीचको आपसी सहकार्य गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्ने कुरालाई पनि घोषणा पत्रमा उल्लेख गरेका छन् । पर्यटकीय  क्षेत्रको पहिचान, संरक्षण, संम्वद्र्धन र सिमाकङ्कन गर्न सम्बन्धीत निकायसँग समन्वय र सहकार्य गर्ने र बुढीनन्दा, पादुका, रानीसैन र रारालाई पर्यटकीय सञ्जालका रुपमा विकास गर्न समन्वय गर्ने घोषणा गरिएको छ ।

विख्यात धार्मीक तथा पर्यटकीय क्षेत्र मानसरोवर र चीनसँगको सहज सम्पर्कका लागि छोटो दुरी मानिएको कुवाडी, रानीसैन, हिल्सा सिल्क सडकलाई नेपाल भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास गर्न सामुहीक समन्वय र सहकार्य गर्ने उल्लेख गरिएको छ ।

पीलु पादुका र देउरा क्षेत्रलाई धार्मीक पर्यटकीय हबको रुपमा विकास गर्नका लागि आवश्यक प्रक्रियाको थालनी गर्ने, पादुका देउरा हुँदै झुलेडाँडा, शिम्भुनाथ खुन्का राताकोट ज्वार्ना बाजेको भासथानसम्म र भुँकाट्टा देखि खापर राघुमातासम्म धार्मीक पर्यटकीय मार्ग विकास गर्ने विषय पनि उल्लेख गरिएको छ ।

महोत्सवका प्रतिनिधी सभा सदस्य बद्री पाण्डे, प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री नरेश कुमार शाही, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, जल विज्ञ, कृषि तथा शिक्षा विद्हरुको सहभागि रहेको थियो ।

महोत्सवको संयोजक हिमाली गाउँपालिकामा अध्यक्ष गोविन्द्र बहादुर मल्ल, र स्वामिकार्तिक खापर गाउँपालिकामा भरतबहादुर रोकायाले गरेका हुन् । कुन्ना क्षेत्रको विकासको संभावना र सवाल विषयक  विकास संवाद पनि सञ्चालन गरिएको थियो।

 

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख ८, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट