October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रामसहाय यादव  नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित – सेतीकर्णाली खबर

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र ३, २०७९ १२:0४
रामसहाय यादव  नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित – सेतीकर्णाली खबर

काठमाडौं=   रामसहाय यादव  नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको निर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा० का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको ममता झालाई हराउँदै उपराष्‍ट्रपतिमा निर्वाचित भएका हुन्।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन्।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार प्राप्त गरिन्। यस्तै जनमतकी ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरिन्।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय जनमोर्चाको समर्थन रह्यो।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदातामध्ये ८२९ जनाले मतदान गरेका थिए। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ छ।

उपराष्ट्रपति निर्वाचनमा ५३ सांसद अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संघ र प्रदेश गरी ४२,नेमकिपाका ४ सांसदले मतदान गरेनन्।

जनता समाजवादी पार्टीका सांसद सनाज रहमान ९निधन०, राष्ट्रपति रामचन्द्र पौडेल,सांसद चन्द्र भण्डारी,वर्षमान पुन,लक्ष्मी कोइरी महतो र मनोरमा शेरचनाले मतदानबाट छुटेका हुन्।

सत्तारुढ गठबन्धनबाटै तीनजनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादवले राम सहायललाई उपराष्ट्रपतिमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन्।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको थियो।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र ३, २०७९ १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट