October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मन्त्री नरेश शाही – खेल क्षेत्रको बिकासमा प्रतिबद्ध भएर लाग्ने

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १२, २०७९ १६:५५
मन्त्री नरेश शाही – खेल क्षेत्रको बिकासमा प्रतिबद्ध  भएर लाग्ने
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले जिल्लाको खेल क्षेत्रको विकासमा प्रतिवद्ध भएर लाग्ने बताएका छन् । खेल क्षेत्रले नै देशको पहिचान कायम गर्ने र मानव स्वास्थ्यलाई समेत स्वस्थ बनाउने भएकोले लगानी आवश्यक हुने बताएका छन् ।
१३ औं राष्टपति रनिङ  सिल्ड उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री शाहीले दशरथ माविको खेल मैदान र सुन्दर नगरी आटीचौरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नमा विशेष पहल गर्ने बताएका छन् । सुन्दरताले भरिएको क्षेत्र र संभावना बोकेका क्षेत्र भएकोले लगानीको प्रतिफल आउने गरि काम गर्नु पर्ने बताएका छन् ।
उहाँले सिंगो बाजुराको विकासमा सबैको सहकार्य र हातेमालो आवश्यक रहने बताएका छन् । मन्त्री शाही सहीतको टोलीले प्रेम ताल अर्थात छेडेदहको अवलोकन समेत गरेका छन् । तालको संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहने बताएका छन् ।
प्रदेश सभा सदस्य जुना दानीले बाजुराका संभावनाको पहिचान गरि दिर्घकालिन विकासका योजना अघि सार्नु पर्ने बताएकी छन् । उहाँले खेल क्षेत्रलाई व्यवसायीक रुपमा विकास लैजानु पर्नेमा जोड दिएकी छन् । बोल्ने सबैजनाले खेल क्षेत्रको विकासमा लगानी आवश्यक रहको बताएका छन् ।
  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १२, २०७९ १६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट