October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

स्वामिकार्तिक खापरका १५० विधार्थीहरुलाई न्यानो लुगा कपडा बितरण

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ३, २०७९ 0८:१0
स्वामिकार्तिक खापरका १५० विधार्थीहरुलाई न्यानो लुगा कपडा बितरण

 

बाजुरा- स्वामिकार्तिक खापर गाँउपालिका वडा नं. १ जाेरु स्थित विधालयका १५० जना बालवालिकालाई न्यानाे लुगा कपडा वितरण गरिएको छ।

सत्यशाही आधारभूत विधालयमा हन्ड्रेडस ग्रुप अफ नेपाल सहयोगमा बब्लु यादव, प्रतिउसा बाेहाेरा,सागर लामिछाने र नवीन कुमार बाेगटी र समाजसेवी जनेश भण्डारी लगायत स्थानिय अभिभाबकहरूकाे उपस्थितिमा न्यानो कपडा वितरण गरिएको छ। स्वामिकार्तिक खापर गाँउपालिका वाड नं. १ जाेरूमा अबस्थित विधालयका १५० जना बालवालिकाहरूलाई न्यानाे कपडा, झाेला, भ्यास्लिन, कपि, पन्जा लगायतका सामान वितरण गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिएका छन।

बिधालय अध्यन गरिरहेका बालबालिका लाई हन्ड्रेडस ग्रुप अफ नेपाल सहयोगमा गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया द्वारा  न्यानो कपड़ा वितरण गरिएको छ। गाउँपालिकाको समन्वय गरी संस्था मार्फत बिधालय बालबालिकाहरुलाई एक औपचारिक कार्यक्रम गरेर न्यानाे कपडा, झाेला, भ्यास्लिन, कपि, पन्जा लगायतका सामान वितरण गरिएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ३, २०७९ 0८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट