May 17, 2026 | आइतवार, जेष्ठ ३, २०८३

पहिराेमा पुरिएर वडासदस्य सहित दुईजना पुरिए

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ २३, २०८१ 0९:0९
पहिराेमा पुरिएर वडासदस्य सहित दुईजना पुरिए

कांक्रेविहार (सुर्खेत) – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।  

गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिएका छन्। पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको महताराले बताए । रासस

  • सेती कर्णाली खबर
  • -