October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गाउँपालिकाले पालिका प्रहरी भर्ति गर्ने

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ १३, २०७९ १४:४६
गाउँपालिकाले पालिका प्रहरी भर्ति   गर्ने

१३ माघ बाजुरा– गौमुल गाँउपालिकामा  पालिका प्रहरी भर्ति गर्ने भएको छ । गाँउपालिकामा घटेका हरेक घटना,बिकृति,चालचलन,सबैको हक हित लाग्ने सार्वजनिक सम्पितको सुरक्षा गर्नको लागी पालिका स्तरीय प्रहरी भर्ना  गरिने गाँउपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताएका छन ।

आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार शिक्षा,स्वास्थ्यमा सुधार,जडीबुटी,पर्यटन,प्रबद्र्धन र सहकारी मार्फत कृर्षिजन्य ब्यापार भन्ने मुल नाराका साथ दोस्रो गाँउ सभाको बाह्रौ अधिबेसनमा यस्तो निर्णय गरीएको हो ।गाँउपालिकाका बासिन्दाले आफ्नो सुरक्षा आफैले गर्न सकुन, गौमुल बासीहरुमा केहि पनि दुख कष्ठ,नपरोस सबैले सजिलै सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पालिका प्रहरी भर्ना  गरीने अध्यक्ष रोकायाले बताए ।

गाँउपालिकामा ऐतिहासिक सम्पतिको संरचना,सार्वजनिक सम्पतिको संरक्षण,बिकाश निमार्णका काम,गतिशिल रुपमा परिचाल गर्नका लागी पालिका स्तरीय प्रहरीको आबश्यकता रहेको उहाँ बताउनुहुन्छ । गाँउपालिकामा बिधिवत रुपमा संञ्चालनमा रेहेका उद्योग,कलकारखाना,सार्वजनिक सम्पतिको चोरी सिकारी,अबैध काठ चोरी पैठारी,बहुमुल्य जडिबुटीको उत्खनन,पालिकामा हरेक घटना,बिकृतिको सामना तथा अन्त्य गर्न पालिका स्तरीय प्रहरी अति जरुरी रहेको बताइएको  छ।

गाँउपालिकामा जताततै संञ्चालन गरीएका अनियन्त्रित बसाइसराई ,नापी नभएका जग्गामा खेती बनाइ बस्ने गरेका कार्य,पालिकामा प्राकृतिक प्रकोपबाट घटेका घटना,पालिकाको नियम बिपरीत जताततै जाँड,रक्सि,बिक्रि बितरण गर्ने कार्य,बाताबरण को बिना कारण दुरुपयोग,पालिकामै उत्पादन गरीएका बस्तुको चोरी सिकारी,,छाउपडी,छुवाछुत,बालबिवाह गर्ने जस्ता कार्य रोक्न पालिकाले मात्र नसक्ने भएकाले पालिका स्तरीय प्रहरी गठन गर्न आबश्यक रहेको  अध्यक्षको भनाइ  रहेको छ। ।

पालिकामा पालिका स्तरीय प्रहरी गठन गर्दा पालिकामा सबैले सजिलै जुनसुकै सेवा प्राप्त गर्न पाउने,कठिन परिस्थितिमा गाँउपालिकाका बासिन्दाले प्रहरीको सेवा समर्थन पाउने,पालिकाका हरेक बिकृतिको सामना हुने,सबै पालिका स्तरीय बासिन्दाले पालिकाको नियम अनुसार चल्ने,पालिका बाट प्राप्त सम्पुर्ण सेवा सबै बासिन्दाले उपभोग गर्न पाउने,पालिकाका जुनसुकै ठाँउमा पनि घटेका घटना तत्काल उद्धार गर्न सकिने,हुदाँ यस्तो निर्णय गरेको गाँउपालिकाकी उपाअध्यक्ष सिता थापाले बताउनुभएको छ । तर के कति पालिका स्तरीय प्रहरी गठन गर्ने भन्ने कुरा को निर्णय भने नभएको गौमुल गाउँपालिकाले जनाएको छ। ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ १३, २०७९ १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट