April 15, 2026 | बुधबार, बैशाख २, २०८३

एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिको खाका बन्यो

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३, २०८१ १0:३७
एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिको खाका बन्यो

सेतीकर्णाली खबर

३जेष्ठ  बाजुरा/ नेकपा एमाले बाजुराको ८औ जील्ला अधिवेसनमा तिनै जना अध्यक्षका उमेद्वारलाइ समेटर जाने सहमतिको खाका बनेको छ ।

नेकपा एमाले बाजुराको ८ औं जिल्ला अधिवेशनको ज्येष्ठ १ गते पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले उद्घाटन गरेको थिए ।

उद्घाटन पश्चात सहमति गर्ने की, निर्वाचन गर्ने भन्ने बिषयमा नेताहरु बीच आन्तरिक छलफलले निष्कर्ष निकालेको छ।

पार्टी जिल्ला अधिवेशनको चुनाव गर्ने भन्दा पनि सहमति गरेर अध्यक्षका आकाङ्क्षि तिनै जनालाई समेटेर लैजाँदा पार्टी पंक्ति बलियो हुने र पार्टीमा गरेको योगदानको कदर हुने अधिवेशन प्रतिनिधिहरुको भनाइ रहेको छ। खुलासत्र सुरु भएदेखि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।

नेकपा एमाले बाजुराको अधिवेशनका लागि नौ वटै स्थानीय तहका ६९ वटा वडाबाट आएका प्रतिनिधिहरुको पनि चाहाना रहेको र रंगमान शाहीको नेतृत्व भए एमाले पार्टी बाजुरामा बलियो हुनेमा अधिवेशन प्रतिनिधिहरु विश्वस्त छन। ११ हजार ६ सय ६७ जना पार्टी संगठित सदस्य मध्येबाट प्रतिनिधि छनोट भएर आएका छन् ।

बुढीनन्दा नगरपालिकाबाट सबैभन्दा बढी प्रतिनिधिहरु सदस्य संख्या छ । त्यसपछि गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, बुढीगंगा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र हिमाली गाउँपालिका संगठित सदस्य संख्या रहेको छ ।

जिल्लाकाे नेतृत्वका लागि अध्यक्ष रङ्गमान शाही
उपाध्यक्ष लाल बहादुर ओली
सचिब भरत थापा हुने शिर्ष नेताहरुको आन्तरिक छलफल पछि अध्यक्षका उम्मेदवारहरुलाई समेटेर लैजाने सहमतिको खाका बनेको एक अधिवेशन प्रतिनिधिले जानकारी दिएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३, २०८१ १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  