October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुदूरपश्चिममा सभामुखको निर्वाचन अनिश्चित,सर्वदलीय बैठक जारी

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस २८, २०७९ 0८:२0
सुदूरपश्चिममा सभामुखको  निर्वाचन  अनिश्चित,सर्वदलीय  बैठक जारी

२८ पुस, धनगढी । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक अझै बस्न सकेको छैन ।

प्रदेशसभा भवनमा बिहान ११ बजेदेखि सर्वदलीय बैठक जारी छ । सर्वदलीय बैठकमा लम्बिएका कारण अहिलेसम्म प्रदेशसभाको बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको सभामुखको लागि सत्तारुढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गराएका छन् ।

भण्डारीलाई सत्तारुढ गठबन्धनका एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेशसभा सदस्यको समर्थन छ भने रावललाई कांग्रेसका १९ जनाको समर्थन छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस २८, २०७९ 0८:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट