October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीको दसौं गाँउसभा सुरु,आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार १०, २०७९ 00:३७
हिमालीको  दसौं  गाँउसभा सुरु,आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको दसौँ गाउसभा हिजो देखि सुरु भएको छ।आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले एक वडा एक कृषि प्रविधिक व्यवस्था गर्ने गरि आवश्यक कार्य अघि बढाइने अध्यक्ष मल्लको बताउनु भएको छ।

हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन र पूर्वाधार दीर्घकालीन दृष्टिकोण , सुशासन र गरिबी निवारण समृद्ध हिमालीको आधारको” भन्ने मुल नाराका साथ पालिकाको दसौं  गाउँ सभा सुरु गरिएको बताएका छन।

कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिको लागि विकसित प्रविधिहरुको प्रचार प्रचार प्राविधिक सेवा टेवा सर्बसुलभ रुपमा प्रदान गर्न गाउँपालिकाका सबै वडा तथा बस्ती र सेवा केन्द्र स्थरमा विभिन्न व्यावसायिक बिषयमा तालिम संचालन गरि कृषकहरूलाई सक्षम गराइनुका साथै एक वडा एक कृषि प्राविधिक साथै गाउँपालिकाका स्थरमा कृषि विज्ञको व्यवस्था गर्ने गरी आवश्यक कार्य अघि बढाइने अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार १०, २०७९ 00:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट