October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेभरमाइन्ड रेष्ट्राेकाे बार्षिक उत्सवमा पल शाह

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस ९, २०७८ 00:४१
नेभरमाइन्ड रेष्ट्राेकाे बार्षिक उत्सवमा पल शाह

उमेश जङ्ग शाही ,काठमाडौँ। बाजुरा काे स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ५ जेराकाे महेन्द्र शाही दम्पति द्वारा सन्चालित काठमाडौंको अनामनगर भाटभटेनी छेउमा अवस्थित नेभरमाइन्ड रेष्ट्राे स्थापनाको पहिलो बर्ष पुरा गरी हिजाेबाट दोश्रो बर्षमा प्रवेश गरेको छ ।स्थापनाको छोटो समयमा नै ग्राहकको मन जित्न सफल रेष्ट्राेले हिजाे एक भब्य कार्यक्रमको आयोजना गरी कलाकार पल शाह र गायिका अनिता चलाउनेको उपस्थितिमा दोस्रो बार्षिक उत्सव भव्यताका सात मनाएकाे छ।

बाजुराका स्थानिय तहका जनप्रतिनिधीहरु लगायत ठुलो संख्यामा ग्राहकहरुको  बाक्लाे  उपस्थिति रहेको थियो भने ४० वटा बिभिन्न सन्चार मिडियाहरू पनि अाएका थिए। करिब एक करोड लगानीमा संचालनमा आएको रेष्ट्रोले छोटो समयमा नै महामारीको ठुलो उतारचढाबलाई झेल्दै यहाँ सम्म आउन सफल भएको छ।

सस्तो मुल्यमा फाइभस्टारको सर्भिस दिने उदेश्यले रेष्टुरेन्ट खोलिएको दाबी गर्दै शाहीले भनिन् ,‘फाइभस्टार होटलको झझल्को दिने उदेश्यले हामीले ३ सय भन्दा माथिको ग्राहकलाई एकै साथ् सर्भिस दिन सक्ने गरी रेष्ट्राेमा भिआइपि क्याबिन ,फेमेली क्याबिन ,मीटिंग हल ,बार लगायतको ब्यवस्था गरेका छौ।’

सस्तो मुल्यमा गुणस्तरीय नेपाली ,इन्डियन, चाइनिज, कन्टिनेन्टल तथा डेलिसियस खाना उपलब्ध रहेको शाहीले कार्यक्रममा जानकारी दिईन।साथै उनले कालिजको मासु खाने पारखीहरुलाई लक्षित गरेर कालिजका विभिन्न भेराइटीहरू उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइन्।

अन्य रेस्टृरेन्टको तुलनामा नेभरमाइन्ड अलि फरक रहेको दाबी गर्दै शाहीले भनिन् ,‘हाम्रो रेष्ट्रोमा जुनसुकै वर्ग ,लेवल र क्षेत्रबाट आएको भए पनि हामीले उहाहरुको रोजाइ अनुसारको भिआइपि वाताबरणमा सर्भिस दिन सक्छौँ ।’ कार्यक्रममा संचालक शाहीले आगामी दिनमा नेभरमाइन्ड रेष्ट्राे काठमाडौं उपत्यका लगायत उपत्यका बाहिर पनि खोल्ने योजना बनाई रहेको बताइन्।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस ९, २०७८ 00:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट