लामो समय देखि युवाको क्षेत्रमा क्रियाशील कैलाली लम्किका युवा अभियानता कृष्ण बटाला Asian International Youth 2022 बाट सम्मानित भएका छन । भारतको कलकत्तामा सम्पन्न तिन दिने एसियन अन्तरास्ट्रिय युवा सम्मेलनमा उनलाई आयोजक संस्था ग्लोबल युथ प्लेटफार्म र लायन्स ईन्टरनेशनल कलकत्ताले सम्मान गरेको हो।सम्मेलनमा बङ्लादेश भारत तथा नेपालबाट युवा सहभागिता रहेको थियो। विभिन्न सामाजिक संस्थामा आबद्ध […]
बाजुरा– आइतबार जिल्ला हिन्दु युवा संघ बाजुराद्वारा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । बिजया दशमी, शुभ दीपावली तथा छट पर्वको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा हिन्दु धर्मलाई सदा सर्वदा जीवित राख्न सबै हिन्दु धर्मावलम्बीहरुले एक भएर लाग्नु पर्ने कार्यक्रममा उपस्थितहरुको भनाई रहेको थियो । हिन्दु युवासंघ बाजुराका अध्यक्ष हेमराज उपाध्यायको अध्यक्षतामा […]
काठमाडौँ — श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ । आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । […]
काठमाडाैं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको एकल वार्ता सकिएलगत्तै दुई देशका प्रतिनिधिबीच हैदरबाद हाउसमा भेटवार्ता भएको जारी रहेकाे बताइएकाे छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नुभएकाे छ ।
काठमाडौँ — चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आकलन गरिएको छ । अमेरिकी सहयोग निकाय एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार […]
काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थित मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ । एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एमसीसीको विषयमा संशोधन गर्नसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सधैँ […]
काठमाडौं : चन्द्रमामा चीनको राष्ट्रिय झण्डा राखिएको छ। रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ झण्डा राखेको हो। यससँगै चन्द्रमामा झण्डा राख्ने चीन दोस्रो राष्ट्र बनेको छ। यसअघि अमेरिकाले सन् १९६९ मा एपोल्लो ११ मिसन अन्तर्गत चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा राखेको थियो। चिनियाँ मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान […]
एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि यसको प्रयोगलाई अनिवार्य नबनाइने बताएका छन्। उनले कोरोना भाइरसको खोप आएपछि सबैले लगाउनै पर्ने भन्ने नहुने र खोप लगाउने/नलगाउने निर्णय व्यक्तिले गर्न पाउने बताएका हुन्। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले घरबाहिर हुँदा मास्क प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको केही समयपछि नव निर्वाचित राष्ट्रपति […]