October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर २०, २०७७ 0९:४५
कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि यसको प्रयोगलाई अनिवार्य नबनाइने बताएका छन्। उनले कोरोना भाइरसको खोप आएपछि सबैले लगाउनै पर्ने भन्ने नहुने र खोप लगाउने/नलगाउने निर्णय व्यक्तिले गर्न पाउने बताएका हुन्।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले घरबाहिर हुँदा मास्क प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको केही समयपछि नव निर्वाचित राष्ट्रपति बाइडेनको यस्तो भनाइ आएको हो। सिडिसीले अमेरिकामा कोरोना भाइरसको संक्रमण आठौँ चरणमा प्रवेश गरिसकेको बताएको छ।

अमेरिकामा हिजो हालसम्मकै सबैभन्दा धेरै व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उक्त संख्या २५ सयभन्दा धेरै छ। सोही अवधिमा २ लाख २५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। झण्डै डेढ करोड व्यक्तिमा कोरोना संक्रमण हुँदा २ लाख ७८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। बाइडेनले आगामी जनवरी २० मा राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व सम्हाल्ने छन्।

  • सेती कर्णाली खबर
  • -