October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

व्याख्यात्मक घोषणासहित (एमसीसी) अमेरिकाद्वारा स्वीकार

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन १८, २०७८ १३:२८
व्याख्यात्मक घोषणासहित  (एमसीसी) अमेरिकाद्वारा स्वीकार

काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थित मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ ।

एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमसीसीको विषयमा संशोधन गर्नसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सधैँ रहने बताइएको छ ।

यस संशोधनले पाँचवर्षसम्म एमसीसी कार्यान्वयन गर्दै भरपर्दाे विद्युत प्रसारण र यातायातमा कम खर्चको अवस्था सिर्जना गर्न र नेपाली जनतालाई थप रोजगार सिर्जना गर्न मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध ७५ वर्षमा पुगेको छ । एमसीसी र अमेरिकी जनता नेपालको विकास र परिवर्तनमा सधैँ साथ हुने उल्लेख गर्दै नेपालको लोकतान्त्रिक मूल्यमान्यता र दिगो आर्थिक समृद्धिमा निरन्तर सहयोग रहने बताइएको छ ।

  • सेती कर्णाली खबर
  • -