सङ्खुवासभाको चैनपुर चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्।
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। मृतकको पहिचान खुल्न सकेको छैन।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ। घाइते सबैको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ।जिप के कसरी दुर्घटना भयाे त्याे भने थाहा नभएकाे बताईएकाे छ ।भने मृतककाे समेत अहिले पहिचान हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।
Happylukevn is a solid choice. I’ve found it to be reliable and they have a pretty good selection of games. Give it a go if you are looking for a new experience. Explore happylukevn.