March 12, 2025 | बुधबार, फाल्गुन २८, २०८१

नेपाल सशस्त्र प्रहरी बल बाजुराद्धारा आगलागी नियन्त्रणको डेमो प्रदर्शन

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ८, २०८१ ११:३३
नेपाल सशस्त्र प्रहरी बल बाजुराद्धारा आगलागी नियन्त्रणको डेमो प्रदर्शन

बाजुरा– सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा बिहीबार डेमो प्रर्दशन गरेको छ । आगलागिबाट बच्ने उपाय र आगलागि भएमा कसरी निभाउने भन्ने बारेमा सशस्त्र प्रहरी बल आश्रित गुल्मले डेमो प्रदर्शन गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक श्यामबहादुर रावतले जानकारी दिएका छन् ।
उनका अनुसार घरमा खाना पकाउने ग्यासबाट हुने आगलागीबाट बच्ने उपाय र आगोलाई नियन्त्रण गर्नका लागि आवश्यक पर्ने सामग्रीहरुको विषयमा जानकारी गराउने उद्देश्यले डेमो प्रदर्शन कार्य गरिएको बताए । ग्याँसबाट लाग्ने आगो निभाउनका लागि भिजेको कपडा,बाल्टिन र हातको औलाको सहाराले निभाउन सकिने डेमो देखाइएको छ ।
डेमो प्रदर्शनमा कतिपय मानिसहरुले आत्मदाह गर्ने प्रयास गर्ने गरेकाले उक्त व्यक्तिलाई बचाउने उपाय र उसको प्राथमिक उपचार ल गायतका पनि डेमो देखाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक रावतले बताएका छन् । डेमो प्रदर्शनमा निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष राय,स्थानीय बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थी र सरोकारवालाहरु सहभागी थिए ।
सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराको वार्षिक कार्यक्रम अनुसार मार्तडीमा जनचेतना फैलाउने र आगो निभाउने उपायको डेमो प्रदर्शन गरिएको हो ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ८, २०८१ ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट