October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१

जगन्नाथमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक ८, २०८१ 0६:0४
जगन्नाथमा मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते

 

सेतीकर्णालीखबर

  उमेश जङ्ग शाही कार्तिक  ८ बाजुरा : जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने १ जना घाइते भएका छन।
जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित कालिकोटबाट आउने क्रममा गएराति १० बजे तिर कर्णाली करिडोर सडक बाट सुदुर पश्चिम प्रदेश ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । मोटरसाइकल चालक वर्ष २९ का खेमराज बुढाको घटना स्थलमा मृत्युु भएको छ। मृतक बुढा सान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा कालिकोटका स्थानियवासि हुन भने घाइते बाजुरा जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानिय ३७ वर्षिय खडक भण्डारी हुन । जगन्नाथ गाउँपालिकाको दश शैया अस्पतालमा घाइते भण्डारीको उपचार भइरहेको जुड्डी प्रहरी चौकि प्रमुख गजाधर महराले सेतीकर्णाली खबरलाई जानकारी दिएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक ८, २०८१ 0६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।