October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

संघीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १, २०८१ 0९:0२
संघीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व

बाजुरा- मुगुले २७ वर्षपछि संघीय सरकारमा प्रतिनिधित्व पाएको छ । विसं २०४८ मा नेपाली काँग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रतिनिधि सभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री भएका थिए । विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री भएका थिए । उनी विसं २०५३ सम्म मन्त्री रहे तर त्यसयता धेरै सरकार बने पनि  मुगु जिल्लाबाट प्रतिनिधित्व हुन सकेको थिएन ।

नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सत्ता गठबन्धनको नवगठित सरकारमा २३ वर्षपछि मुगुबाट प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुन्।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १, २०८१ 0९:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट