October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ १४:00
बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ गए राति आएको अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा ७० वटा बाख्रा पहिराेले पुरिएर मरेका छन् ।

राती काे समयमा एक्कसी बाख्रा राखेको ठाउँभन्दा माथिबाट आएको पहिरोले  गोरख राज बोहराका ४० वटा बाख्रा, जर्म बोहराका १० वटा र जीवन बोहराका २० वटा गरी जम्मा ७० बाख्रा पहिरोले पुरिएर मरेका हुन् । १० वटा बाख्रा भने जीवितै रहेकोे स्थानीय वीर बहादुर बोहराले बताएका छन् ।

घटनाको विवरण संकलन गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले कवाडी प्रहरी चौकीबाट टोली खटाएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ १४:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट