October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • सेती कर्णाली खबर
  • बुधबार, असार १२, २०८१ ११:५४
अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बाजुरा- अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक सामाग्री जीविकोपार्जन परियोजना आर्थिक सहयोगमा वितरण गरिएको छ।

अपांगता संजालका अध्यक्ष सिर्द्धधन रोकाया अध्यक्षतामा र नेकपा एमाले जिल्ला सचिवालय सदस्य अर्जुन रोकायाको प्रमुख अतिथिमा हिमाली गाउँपालिका वडा नम्बर ३ का गगा आधारभुत बिधालय र युना माध्यमिक बिधालय १२ जना अपांग भएका विद्यार्थीहरु शैक्षिक सामाग्री वितरण गरिएको छ।

अपाङ्गता संजालको आयोजना आइ.एन.एफ. नेपाल बाजुरा शाखा समावेशी विकास सशक्तीकरण र जीविकोपार्जन परियोजनाको आर्थिक सहयोगमा अपांगता विद्यार्थीहरुलाई झोला २ वटा डटपेन २ सय ४३ वटा कापी २ सय ७९ वटा सामाग्री बिधालयका अपाङ्गता विद्यार्थी वितरण गरिएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य अर्जुन रोकायाले बताएका छन।

दुर्गम ठाउँमा विद्यार्थी सानोतिनो सहयोग पाउदा बिधालय परिवार खुसी भएको महसुस गरेको छ। सहयोग गर्ने संस्थालाई धन्यवाद दिएका छन। आगामी दिनमा समन्वय सहकार्य रहिरने भएको शिक्षक बलि सुनारले जनाए।

  • सेती कर्णाली खबर
  • बुधबार, असार १२, २०८१ ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट