October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु, निति कार्यक्रम प्रस्तुत

  • सेती कर्णाली खबर
  • आइतवार, असार ९, २०८१ २३:२५
दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु, निति कार्यक्रम प्रस्तुत

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु संगै निति कार्यक्रम प्रस्तुत गरिएको छ।

“स्वास्थ, शिक्षा, जडिबुटी, पर्यटन र पुर्वाधार औधिकरण, सुशासन समृद्धि हिमालीको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका आज १४ औं गाउँ सभा सुरु गरिएको छ। असार महिना ९ गते पालिकाको आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेका छन। कृषि तथा पशुजन्य उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन मार्फत सहजीकरण गरिने, कृषकहरुले उत्पादन गरेको फलफूलहरु र अन्य नगदेबालेर्हरुको भण्डार गर्न कृषि शीत गृह निर्माण कार्य भैसकेकोल्र सञ्चालनमा ल्याइ कृषकहरुको उत्पादन मनग्ये आम्दानी हुने गरि व्यवस्थापन मिलाइने छ।

माटो परिक्षणका आधारमा उपयुक्त लगाउन किसानहरूलाई जागरुक गराइने छ। परम्परागत मौरी पालक कृषकहरुलाई आधुनिक प्रविधि हस्तान्तरण गरि मह उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गरिने छ। हिमाली गाउँपालिका ड्राइगन फ्रुट लगायत प्रत्यक्ष आम्दानी गराउन सकिने खालको खेती गर्न प्रोत्साहन गरिने छ। हिमाली गाउँपालिका वडा नम्बर १,२ र ३ का वडालाई केन्द्रविन्दु भेडा, बाख्रा व्यवसाय पकेट क्षेत्र र हिमाली गुम्बा रानिसैनलाई च्याङग्रा, चौरी पालन पकेट क्षेत्रका रूपमा गरिने छ। उन मिसनका लागि भेडा प्रबर्द्धन कार्यक्रम, बाख्राको साना व्यसाय उत्पादन पकेट विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तर दिइने छ। व्यवसायीक कृषक, जनप्रतिनिधि र कर्मचारीहरुलाई कृषि अवलोकन भ्रमणको व्यवसाय गरिने छ। प्रत्येक वडामा प्राथमिमिकरणको आधारमा रष्टिक र खाध संकलन केन्द्र निर्माण भैसकेको हुँदा सञ्चालनमा ल्याउने गरि आवश्यक कार्य गरिने छ।

गाउँपालिकाको पर्यटकीय सम्भावना बोकेको क्षेत्रको प्रचारप्रसार गरि व्यवसायीहरुलाई गरिने छ। कर्णाली नदीको धुलाचौर देखि पिलुचौरसम्म मोटरबोर्ड तथा जेट स्किम सञ्चालनको लागि अध्यन गरिने छ। हिमाली गाउँपालिकालाई बेरोजगार मुक्त गाउँपालिका बनाउने निति लिइनेछ। बिच्छ्या माध्यमिक बिधालयलाई स्रोत पुर्ण बनाइ मिनि स्रोत केन्द्रको रूपमा विकास गरिनेछ। उत्कृष्ट नतिजा ल्याउने बिधालयका विद्यार्थी, शिक्षकलाई पुरस्कृत गरिने छ। बिधालय प्रशासन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रधानाध्यापक नेतृत्व विकास तथा क्षमता विकास तालिम कार्यक्रम ल्याइनेछ। विशेषगरी कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षाको गुणस्तरीय कायम गर्दै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धिका लागि कक्षा ५ को परिक्षा समेत गाउँपालिका स्तरीय बनाउने व्यवस्था मिलाइनेछ। हिमाली गाउँपालिका अन्तर्गत भौगोलिक अवस्था तथा विद्यार्थीको पहुँच हेरी बिधालयलाई आवासीय बिधालय बनाउने गरि आवश्यक कार्य अगाडि बढाइने छ। कक्षा १ देखि ३ सम्मका कति विपन्न दलित अपाङ्ग टुहुरा भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन लागि बिधालयको तथ्यांकका आधारमा शैक्षिक सामाग्री नि:शुल्क दिने व्यवस्था गरिनेछ। प्राबिधिक शिक्षा अध्यनरत बिद्यार्थीहरुका लागि पढदै कमाउदै कार्यक्रम अगाडी बढाइने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

संस्थागत सुत्केरी गराउन लागि थप बामु, बोर्ता, क्युडेर र पाँडीमा वर्थिङ सेन्टर चलाउने गरि जनशक्ति व्यवस्थापन जोड दिइनेछ। हिमाली गाउँपालिका वडा नम्बर ३ को बौडीमा गाउँघर क्लिनिक स्थापना गर्न आवश्यक व्यवस्था मिलाइने छ। दुरदराजक नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचसङ जोडन विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। चौबीस घण्टा स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई थप प्रोत्साहनको व्यवस्थापन मिलाइनेछ। हिमाली गाउँपालिका स्वास्थ्य संस्था सञ्चालन गर्ने गरि आवश्यक कार्य अरिनेछ। आधारभूत स्वास्थ्य संस्थामा ई-हाजिरको व्यवस्था मिलाइनेछ। पालिकाका दुर्गम बस्तीमा लागि घुम्ती सेवा शिविर सञ्चालन गरि भिडियो एकसरेको व्यवस्था गरिनेछ। गर्भवती सुत्केरी महिलालाई र आपतकालीन अवस्थामा अस्पतालसम्म पुगाउनको लागि नि:शुल्क एम्बुलेन्स सेवा साथै आवश्यकताको आधारमा थप आर्थिक सहायता प्रदान गरिने छ। पाठेघर खसेको महिलाहरूको सम्पुर्ण उपचार खर्च गाउँपालिकाल्र व्यहोर्ने गरि बजेट व्यवस्था मिलाइनेछ। हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडीमा स्वास्थ्य चौकी भवन र धुलाचौरमा गाउँपालिका स्तरीय आइसोलेसन सहितको बर्थिङ सेन्टर भवन निर्माण गरिने छ। बालविवाह न्यूनीकरणको लागि उपाध्यक्ष सङ किशोरी कार्यक्रम सञ्चालन गरिने छ। एकल महिलाहरूका लागि उधमी तथा व्यवसायीक बनाउनका लागि गाउँपालिकाल्र तथ्यांक संकलन गरि आवश्यक सीप र तालीमको व्यवस्था गरिनेछ। सामाजिक सुरक्षा भर्ता प्राप्त गर्न लाभग्राहीहरुको पहिचान तथा नवीकरणमा सहजता र पार्दशिक तथा भर्ता वितरणको कार्यलाई थप प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र नम्बर माध्यमबाट बायोमेट्रोक हेरीफिकेसन गर्नका लागि ७ वटै वडा कार्यालयहरुका लागि बायोमेटृक भेरिफिकेसन मेसिन खरिद गर्न आवस्यक बजेटको व्यवस्था मिलाइने छ। गाउँपालिका भित्रका ५५ वर्ष भन्दा माथि र ६८ वर्ष भन्दा तलका अविवाहित पुरुषलाई गाउँपालिकाको तर्फबाट मासिक २ सय पाउने गरि सामाजिक सुरक्षा भत्ता व्यवस्था मिलाइनेछ। गाउँपालिका भित्रका ६५ वर्ष भन्दा माथि र ६८ वर्ष भन्दा तलका नागरिकहरु र ग र घ वर्गका सम्पूर्ण अपाङ्गहरुलाई रु.१०० का दरले वृद्धि गर्ने गरि आवश्यक बजेट व्यवस्था गरिनेछ। हिमाली गाउँपालिकामा रहेकोे बाँझो जग्गा जमिन र सडक किनारमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिनेछ। १ लाख सम्मको विनियोजन योजनाको मर्मत सभार कोष कट्टी नगर्ने नीति लिइनेछ। कादुरी संस्थासंगको समन्वयमा हिमाली गाउँपालिका वडा नम्बर १,२ र ३ लघु जलविद्युत योजना निर्माण कार्य सुरु भैसकेको र आगामी वर्षमा वडा बस्तीमा बत्ति झिल्लीमिली गर्ने गरि बजेट मिलाइने छ। यश हिमाली गाउँपालिकाको वडा नम्बर ३ गुम्बा गाउँ लगायत विद्युत नभएको बस्तीमा विभिन्न संघ संस्था र सरकारी निकायहरु संग समन्वय साझेदारी गरि वैकल्पिक उर्जाको लागि आवश्यक कार्य गरिने गाउँ सभाका अध्यक्ष मल्लले जनाए।

रानिसैन जस्ता पर्यटिक क्षेत्रलाई संरक्षण गरिने र देश विदेशमा चिनाउने कार्य गर्नुका साथै आउने पर्यटनका लागि बास स्थानको व्यवस्था मिलाउने प्रवन्ध गरिनेछ। हिमाली सम्पुर्ण वडाहरुमा Clothes bank को व्यवस्थापन गरिने छ। कर्मचारी सहायता लागि छुट्टै एक गाउँपालिका स्तरमा कर्मचारी कल्याणकारी कोषको स्थापना गरिने छ। हिमाली गाउँपालिका वडा नम्बर ६ मा जनसंख्याका आधारमा ठुलो भएको हुनाले यस भन्दा पहिलो ९ औं गाउँ सभाले वडा अलग गर्ने भनी पास गरिएको हुनाले पुनः ६ नम्बर वडाको पाँडीलाई छुट्टै वडा बनाउन सम्बन्धि निकायमा पहल गरिनेछ।

गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँ सभामा सर्वसम्मत पारित गरिएको छ । गाउँपालिकाका सभा हलमा सञ्चालन भएको गाउँ सभामा निमित्त प्रमुख प्रशासकीय राज बहादुर भण्डारी, वडा अध्यक्ष तथा गाउँ सभा सदस्य, कर्मचारी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । असार १० गते दिउसो ३ बजे बजेट प्रस्तुत रहेकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, असार ९, २०८१ २३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट