July 19, 2025 | शनिबार, साउन ४, २०८२

बाजुरा स्वामिकार्तिक खापरको प्याज सुर्खेत र नेपालगन्जमा बजारीकरण हुँदै

  • सेती कर्णाली खबर
  • बिहिबार, असार ६, २०८१ 00:२३

बाजुरा– बाजुराको दुर्गम स्वामिकार्तिक खापर गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको प्याज बजारीकरणका लागि ढुवानी भएको छ । प्याज पकेट क्षेत्र वडा नंः १ बाहुनीका कृषकहरुले उत्पादन गरेको ५५ क्विन्टल प्याज सुर्खेत र नेपालगन्जमा बिक्रीका लागि ढुवानी भएको गाउँपालिका अध्यक्ष भरत बहादुर राेकायाले बताएका छन् । गाउँमा किसानहरुले उत्पादन गरेकाे प्याज बजारकाे अभाव भएपछि बिक्रीका लागि बाहिर लिनुपर्ने अवस्था भएको अध्यक्ष राेकायाले बताए ।

कृषि ज्ञान केन्द्र बाजुराको ७० प्रतिशत अनुदानमा आफूले उत्पादन गरेको करिब १ सय २५ क्विन्टल प्याज मध्ये ५५ क्विन्टल बिक्रीका लागि बुधबार ढुवानी भएको कृषक विरभान विकले बताए । उनका अनुसार बाहुनीका ४५ घरपरिवारले उत्पादन गरेको प्याज मध्ये ५५ क्विन्टल बजारीकरणका लागि ढुवानी भएर ६० क्विन्टल प्याज खान र बिउका लागि राखिएको छ।

सडकको समस्या र बजारको अभावले गर्दा बाहुनीका कृषकले उत्पादन गरेको सयौँ क्विन्टल प्याज भण्डारमा थन्किँदै आएपनि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएर नेपालज‌ज र सुर्खेत लगिएकाे कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भुमीराज उपाध्यायले बताएका छन । स्वाकिकार्तिकाका कृषकहरुले उत्पादन गरेको प्याज ढुवानी पछि बजारमा पुगेर प्रति केजी ५० रुपैयाँमा बिक्री हुने भएको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार ६, २०८१ 00:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  