October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ १५:४८
वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम गाउँमा आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट गरेका छन। टोल स्तरीय योजना छनोट गरी वडा स्तरीय योजनाहरु तर्जुमा वडाका स्थानीय भेला गरेर योजना छनोट गर्ने काम आज सम्पन्न गरिएको छ।

आउदो आर्थिक वर्ष २०८१/०८२ मा गाउँ सभा हुने निति तथा कार्यक्रम संगै भौतिक पुर्वाधार विकास कामलाई पहिलो प्राथमिकता आधारमा छनोट गरेका छन। वडा देखि टोल सम्म सबै टोल भेला गरेर ल्याएका योजना समेटेर वडा भेलामा योजना राखिएको छ। विशेषगरी वडाका समस्यालाई समाधान गर्नका लागी वडा स्तरीय योजनाहरु पालिकामा पेश गर्ने गरि निर्णय पारित गरिएको हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारीले बताएका छन।

वडामा भौतिक पुर्वाधार विकास संगै शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाइ, विद्युत, सडक र पर्यटकीय क्षेत्रको आधारमा योजना छनोट गर्ने कार्यक्रम गरिएको छ। सामाजिक हक र हितका लागि आवश्यक पर्ने विषयलाई मध्यनजर राखेर निर्माण योजना राखेको छ। वडा स्तरीय योजना छनोट गरेर पालिकाको कार्यपालिका अरु भन्दा पहिलो प्राथमिकता आधारमा निर्माण योजना छनोट गरेर गाउँ सभामा पारित गरिने भएको वडा अध्यक्ष भण्डारीले बताए।

वडा स्तरीय योजना तर्जुमा छनोट कार्यक्रम हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ। सोही कार्यक्रममा कार्यपालिका सदस्य कर्ण सार्की वडाका जनप्रतिनिधि, राजनीति प्रेमी, समाज सेवि, शिक्षा प्रेमी, गाउँ भद्र भलाद्मीको बाक्लो उपस्तिथिमा वडा स्तरीय योजना छनोट गरिएको वडा सदस्य धर्मराज शाहीले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट