October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ 0४:३९
स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना तथा ग्रेप परियोजनाको समन्वय र आर्थिक सहयोगमा एक दिने कृषि सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमाआइतबार  कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कृषि बिज्ञ रामजि प्रसाद न्यौपानेले प्रशिक्षण गर्दै ग्रामिण क्षेत्रमा जलवायुको त्यति असर नदेखिएको बताउनुभएको छ ।
उहाँले पछिल्लो समयमा तराँई क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर पारीरहे पनि ग्रामिण क्षेत्रमा खासै असर नपरेकाले विभिन्न पेशा ब्यवसाय गर्न सकिने बताउनुभएको छ । अनुक्रमणिको दिगोपन तथा जलबायु उत्थानसिलताको सर्बेक्षण हेर्दा मध्यम खालको तर सन्तोष जनक नभए पनि खासै असर नगर्ने सर्बेक्षणमा उल्लेख भएको उहाँले बताउनुभयो ।
उहाँले अन्य पालिका भन्दा स्वामिकार्तिकले स्वामित्व लिनेमा सम्भावना राम्रो रहेको बताउनुभयो । जलवायु परीवर्तनका दृष्टिकोणले कृषि तथा अन्य ब्यवसायमा प्रचुर सम्भावना देखिए पनि स्वामीकार्तिक गाउँपालिकाले स्वामीत्व लिन नसकेको प्रति दुख ब्यक्त गर्नुभयो । उहाँले उद्यम बिकास सम्बन्धि खास गरि ज्ञान नभएकाले पनि यस्तो हुन सकेको बताउदै ब्यवसायमा भावनात्मक गतिशिलता हुनुपर्नेमा जोड दिनुभयो ।
१० बर्ष भन्दा कम भएका ब्यवसाय धेरै रहेको अवस्थामा ठुला ब्यबसाय शुन्य रहेको बताउनुभयो । दिर्घकालिन रुपमा ठुलो ब्यवसाय सञ्चालित नहुँदा उद्यम ब्यबसायमा लगानी गर्न पनि कठिनाई भएको बताउनुभयो । उधम ब्यबसाय गर्ने उपयुक्त ठाउँ भए पनि ब्यवसायी कम रहेको सर्बेक्षणले देखाएको छ । कार्यक्राका प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले विभिन्न निति अवलम्वन गरि कृषि क्षेत्रलाई जोड दिने गरि गाउँपालिकाले काम गरेको बताउनुभयो ।
बिसीआई २०२४ र २०२२ मा सुचक अनुसार गाउँपालिकामा सबल पक्ष जनसंख्याको तुलनामा भौतिक बजारको संख्या राम्रै रहेको बताउनुभयो । उद्यमको कम घनत्व तथा भुक्तानी हुन बाँकी कर्जाको अनुपात कम रहेको र कर तिर्नेहरुको पनि संख्या कम रहेको बताउनुभयो । हाल सालै उद्योग पनि कम रहेको र ल्याण्ड फिल क्षमता अपर्याप्त हँुदा जलबायुको बजेट पनि कमी रहेको उहाँले बताउनुभयो ।
आर्थिक सुसासन तथा ब्याबसायिक वाताबरण सुधारका उपाय माथि बिचार, मन्थन गर्नुपर्ने जस्ता प्रश्नहरुको जवाफ दिनुभएको थियो । स्वामिकार्तिक  रोजगार बिहिन हुनुको प्रमुख कारण भनेकै ब्यबसाय भएको बताउदै उहाँले आर्थिक तथा समाजिक पक्षलाई सवल बनाउनका लागि ब्यवसाय अनिवार्य रहेको बताउनुभयो । नेपाल जस्तो कृषि प्रधान देशमा ब्यरोजगारी दर वढ्न बिडम्बना भएको उहाँले बताउनुभयो

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ 0४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट