July 25, 2024 | बिहिबार, साउन १०, २०८१

अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख २३, २०८१ ११:४१
अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

हुम्ला- जिल्लाको अदानचुली गाउँपालिकाको आर्थिक सहयोग तथा नेपालको पहिलो कान रोग  ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज बाकेको प्राविधिक  सहयोग र स्वास्थ्य साखा अदानचुलीको आयोजनामा नि: शुल्क  प्राथमिक कान उपचार शिविर सञ्चालन भएको छ। करिब ३ दिन सम्म शिबिर चल्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय अदानचुली गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्ये नजर गरि प्रभाकारि सेवा दिदै आईरहेको गाउँपालिकाका अध्यक्ष मोहन बृकम सिहले बताउनुभयो । राप्ती सुनारी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज कान सहायक तिर्थमान रतगैया ,दिपक चौधरी लगाएत ३ जनाको टोलि अदानचुली गाउँपालिकामा पुगेर सेवा दिईरहेको स्वास्थ्य संयोजक बिनोद बुढाले बताउनुभयो ।

सिबिरमा निसुल्क औसधि , कान चेक जाँच निसुल्क उपचार तथा कान कम सुनिने क्षमताका बिरामिलाई कम्प्युटरको माध्यामबाट चेक जाँच गरिने यदि अप्रेसन गर्नुपरेमा १० प्रतिशतका दरले छुट गरिने कान सहायक डाक्टर दिपक चौधरीले बताउनुभयो ।

दुर्गमका नागरिकले जिल्ला बाहिर गएर औसधि उपचार गर्न कठिन भैरहदा पालिकाले यस्ता सिबिर अब सकेसम्म पटक पटक सन्चालन गर्ने प्रमुख प्रसासकिय अधिकृत   भनाई छ । आफ्नै ठाउँमा स्वास्थ जाँच गरेर सेवा सुबिधा पाईने हुँदा स्थानिय पनि खुशी भएका देखिन्छ्न ।नागरिकका सवालमा सधैं आफ्नो कर्तव्य पालना गर्न आफू पछि नपर्ने पालिकाका अध्यक्ष शिहको भनाई छ ।

यसै बिच पटक पटक विवाद आईरहने गाउँपालिकामा पछिल्लो समय निकै सुधारको लयमा फर्किएको आगरिकको बुझाई छ ।समय समयमा विभिन्न खालका सेवा सुबिधा पाईरहेको नागरिकले खुशी व्यक्त गरेका छ्न । बिगतका आर्थिक बर्षले नागरिकलाई काम गर्न असहज हुने हुँदा यो आर्थिक बर्षमा  जेठ मसान्तसम्म योजना पनि भुक्तानी  गर्न कसरत गरिरहेको ईन्जिनियर दलसिह बिस्टको भनाई छ ।बजेट थपिएपछी असार सम्म योजना भुक्तानी हुने उहाँले बताउनुभयो ।

  • सेती कर्णाली खबर
  • -