October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ७, २०८१ १0:१९
ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
ओलीले २ सय १८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन भने उनका प्रतिद्वन्दी भरत थापाले २ सय ३ तिन मत ल्याएर प्राजित भएका छन् । भरत थापा १५ मतले प्राजित भएका छन् ।
त्यसैगरि उपाध्यक्षमा जनक बोहोराले मेघराज शाहिलाई प्राजित गर्दै बिजयि हुनु भएको छ । बोहराले २सय ७४ मत ल्याएर निर्वाचित हुनुभएको हो भने शाहिले १ सय २० मत ल्याएर प्राजित हुनुभएको छ । त्यस्तै सचिवमा कासि विकले २ सय ४१ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने उनका प्रतिशप्रर्धि जनक बिष्टले १ सय ७१ मत ल्याएर प्राजित हुनुभएको छ । उपसचिवमा हरि रोकायाले २ सय ७७ मत ल्याएर निर्वाचित भएका छन् भने मान बहादुर रोकाया अर्जुनले १ सय १५ मत ल्याएर हार ब्यहोर्नु परेको छ ।

त्यसैगरि महिला उपसचिवमा राजकला सार्किले २ सय ७७ मत ल्याएर निर्वाचित भएकि छन् भने उनकि प्रतिशप्रर्धि कल्पना महतले १ सय २६ मत ल्याएर प्राजित हुनुभएको छ । नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिबेशनमा ४ सय २८ मत खसेका थिए।अरु उम्वेदवार हरुकाे रिपाेर्ट आउन बांकी रहेकाे निर्वाचन मण्डलले जजाएकाे छ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ७, २०८१ १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट