October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ५, २०८१ १६:१८
आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

उमेश रोकाया,बाजुरा- भिडबाट लडेर गम्भीर घाइते भएकि कुसुमकला रोकाया आर्थिक अभावले उपचार समस्या हुँदा सहयोगका लागि अपिल गरेका छन्।

हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँकी कुसुमकला राेकाया घर भन्दा करिब एक घण्टा टाढाकाे जङ्गलमा घाँस काट्ने क्रममा भिडबाट करिब १५ मिटर तल खसेर गम्भीर घाइते भएकी उहाँका आफन्त जस बहादुर रोकायाले बताएका छन्। राेकायाकाे उमेर ४० वर्षकी रहेकाे बताएका छन। राेकायाकाे घरमा काेहि नभएकाे श्रीमानको मृत्यु पछि चारवटा बालबच्चा आफू एक्लैले काम गरेर जिबिकाेपार्जन चलाउदै आइरहेकी उहाँका आफन्त जसबहादुर राेकायाले जनाएका छन।

आमाकाे अबस्था यस्तो भएपछि बालबच्चा बिचल्लीमा परेका छन्। आर्थिक अबस्था कमजोर भएकाले छरछिमेक सबैले सक्दाे सहयोग गरेर थाेरै भए पनि चन्दा उठाएर काेल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न ल्याएकाे राेकायाले बताउनुभयो।

महिलाको टाउको ठुलो चोट देखिन्छ। बाहिर चोट उत्तिकै समस्या छ। उनको अहिलेसम्म होसमा छैन। प्रेसर र अक्सिजन हेर्दा ठिकै छ। बिरामीलाई छिटो तलतिर लगिएको भए राम्रो हुने कोल्टी प्राथमिक केन्द्र एमबीबीएस डाक्टर प्रतीक न्यौपानेले जनाए। धेरै समय खर्च नगरेर एम्बुलेन्स रिजब गरेर सुर्खेतको बाट भएर सुर्खेत सम्म पुर्‍याउनु भनेको छ। बिरामीलाई उपचार सम्भब नभए पछि कोल्टी प्राथमिक केन्द्रले रिफर समेत गरेकाे एमबिबिएस डाक्टर प्रदिप न्याैपानेले बताउनुभयो छ।

गम्भीर घाइते भएकी महिला कोल्टी प्राथमिक केन्द्रले रिफर गरेपनि उहाँको पैसाको अभावको कारणले उपचारका लागि समस्या आएको छ। घरमा आर्थिक अवस्था कमजोर हुँदा अहिले बिरामीलाई बिरामीको उपचार कुरै छैन। पानी पिउने बोतल समेत किन्न सकेको छैन। घरमा साथ सहयोग कमि भएको कारण पनि अहिले औषधि उपचार गर्ने मुस्किल भएको छ।

बिरामी उपचारका लागी आर्थिक अभावले बेडमा पल्टिएको छ्न। अहिलेसम्म बिरामीको होसमा नआएको हुँदा मर्न र बाच्न दोसाँधमा रहेकोे छ्न। घरमा आयोस्रोत कुनै बाट पनि सम्भावना नभए पछी अहिले बिरामीको उपचार निकै जटिल समस्या रहेकोे छ। यसका लागि सहयोग गर्ने इच्छुकहरुले सानिमा बैंक शाखा हिमाली बाजुरा खाता नम्बर 074011050000048 Karna Bahadur Rawal सहयोग लागि अपिल गरेको आफन्त कर्ण बहादुर रावलले बताएका छन।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ५, २०८१ १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट