October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका र पर्यटन बोर्ड साझेदारीमा होटल व्यवस्थापन तालिम

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र २९, २०८० 0७:५३
हिमाली गाउँपालिका र पर्यटन बोर्ड साझेदारीमा होटल व्यवस्थापन तालिम

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीमा पर्यटनमैत्री वातावरण तथा होटल व्यवस्थापन तालिम सुरु भएको छ ।

हिमाली गाउँपालिका र पर्यटन बोर्डको संयुक्त साझेदारीमा पर्यटनमैत्री वातावरण तथा होटल व्यवस्थापन तालिम आज देखि सुरु भएको हो । पर्यटन व्यवसायमा थप टेवा पुर्याउने उदेश्यका साथ मंगलबार बाट सञ्चालित तालिम ३० गते सम्म चल्ने पर्यटन व्यवसायी जनेश भण्डारीले जानकारी दिनुभएको छ । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा सञ्चालन भएको तालिममा पर्यटन तथा होटल व्यवसायीहरुको सहभागिता रहेको उहाँले बताउनुभएको छ ।

एजुकेशन सेभ तथा प्रशिक्षक उमेश भुवाइ प्रशिक्षक रहेको तालिमको उद्धघाटन कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, पर्यटन व्यवसायी जनेश भण्डारी, रेडियो बुढीनन्दाका प्रबन्ध निर्देशक अनिल शाही, होटल तथा पर्यटन व्यवसायी, पत्रकार लगाएतको सहभागिता रहेको बताइएको छ । तालिम कोल्टीमा रहेको होटेल ईको भीलेजमा सञ्चालन भईरहेको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र २९, २०८० 0७:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट