October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र १६, २०८० 00:१८
गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

उमेश रोकाया,१६चैत/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना संगै औषधी उपचार गाउँमा सहज भएको छ।

विगत लामो समयदेखि औसधि उपचार गर्न गाउँ स्वास्थ सेवा नहुदा गाउँ बाट करीब ६ घण्टा हिडेर उपचार गर्नु जानुपर्ने बाध्यता रहेकोे थियोे। २०८० पौष १३ गतेदेखि गाउँमा स्वास्थ सेवा उद्घाटन गरिएको हो। जसले गर्दा गाउँमा सर्वसाधारण मान्छेहरुले गाउँको घरदैलोमा स्वास्थ्य उपचार गर्न पाएका छन। गाउँमा स्वास्थ्य सेवा सञ्चालन आएपछि गाउँमा जस्तोसुकै व्यक्तिले सहज रूपमा उपचार गर्न पाएका छन।

गाउँमा स्वास्थ सेवा केन्द्र स्थापना नहुदा अगाडि गाउँ घरमा बिरामी परेको बेला धामीझाँक्री भरपर्ने गरिएको थियोे। गाउँ कोही बिरामी पर्दा पनि उपचार नपाउदा बनजङ्गल पाइने जडिबुटी भरमा परेका थियौ। स्वास्थ स्थापना भएपछि उपचार धेरै कुरा सहज भएको स्थानीय नर बहादुर गुरुङले बताएका छन। गाउँमा २२ वटा घरपरिवार बसोबास गर्दै आइरहेको छन। गाउँ अधिकास मान्छेहरू बिरामी हुँदा गाउँमा भएकी स्वयंसेवीका भरमा परेका स्थानीय बताएका छन।

महिना १ पटक मात्र युना आधारभूत स्वास्थ्य सेवा केन्द्रका कर्मचारी आएर औषधी पाउने गरेको अवस्था भएको थियौ। कतिपय बिरामी भएको मान्छेहरू औषधी गर्नका निम्ति गाउँ बाट घण्टा पैदल यात्रा गरि पिठ्युँमा बोकेर औषधी उपचार गर्नु पर्ने बाध्यता हटेको छ। अहिले गाउँमा सर्वसाधारण उपचार पाएपछि सबै स्थानीय खुशी महसुस गरिएको नर बहादुर गुरुङले बताएका छन।

बाजुरा जिल्लाकै दुर्गम गाउँ हिमाली गाउँपालिका वडा नम्बर ३ मा रहेकोे गुम्बा गाउँ लाई मानिन्छ। जसले गर्दा गाउँमा बिरामी हुँदा विभिन्न समस्या भएको थियोे। अहिले गाउँमा स्वास्थ्य सेवा स्थापना भएपछि उपचार गाउँमै पाएका छन। पहिला एउटा स्वयंसेवीकाको भरमा परेका गुम्बा गाउँका स्थानीय पुरै गाउँ गाउँमा स्वास्थ्य उपचार गर्ने पाएका छन। सामान्य गाउँमा रुघाखोकी, ज्वरो, कपाल दुख्ने र पखाला सहित सामान्य दुर्घटना भएका मान्छेलाई गाउँमा रहेकोे आधारभूत स्वास्थ्य सेवा उपचार गरिरहेको गुम्बा आधारभुट स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज शेर बहादुर भण्डारीले जनाएका छन।

स्वास्थ्य सञ्चालन भएपछि गाउँका बिरामी अधिकास मान्छे गाउँमा स्वास्थ्य उपचार गर्ने पाएका छन। विगत लामो समय देखि बिरामी पर्दा जडिबुटी भरमा परेका गुम्बा गाउँका स्थानीय अहिले गाउँमा स्वास्थ्य स्थापना संगै सञ्चालन हुँदा धेरै मान्छेलाई सहजीकरण भएको छ।आजभोलि स्वास्थ्य संस्थामा ५८ किसिमको औषधी उपलब्ध सहित सेवा प्रवाह गर्ने गरेको छ। जसका कारणले ३ महिना सम्म भएका बिरामी मध्य २ वटा जटिल बिरामी भएको मान्छेलाई कोल्टी स्वास्थ्य प्राथमिकता केन्द्र रिफर गरिएकोस्वास्थ्य इन्चार्ज भण्डारीले बताएका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र १६, २०८० 00:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट