October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार दुईजना पक्राउ

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० १५:२९
प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार दुईजना  पक्राउ

बुधबार राति सवा ९ बजेतिर खप्तड छेडेदह गाउँपालिकाका ग्रामिण क्षेत्रकाे अनुगमन गरि सदरमुकाम मार्तडीमा फर्किने क्रममा बुढीगंगा नगरपालिका २ काे बल्दे बजार नजिकै माप्रजिअ पाैडेल चढेको गाडीमा २ जना युवाले ढुंगा प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

प्रजिअ पाैडेल सवार बि ए ए ५२४७ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गर्ने बुढीगंगा नगरपालिका वडा नं १  कुणीका अनिल सुनार र सागर नेपालीलाई हिजाे राति नै पक्राउ गरि थप अनुसन्धान भईरहेकाे र एक जना फरारकाे खाेजी भईरहेकाे प्रहरीले जनाएको छ।

खप्तड छेडेदह गाउँपालिकाको ग्रामीण क्षेत्रमा अनुगमन गरी सदरमुकाम मार्तडी फर्किने बेला रातिकाे समयमा ढंगा प्रहार भएकाे र आफुहरू बच्न सफल भएकाे प्रजिअ पाैडेलले बताएका छन् ।

 मुलुकी अपराध संहिता २०७४को दफा २८५को उपदफा (२)को (१) (क) अनुसार आपराधिक उपद्रव गरेको मानिने छ भने सोही दफाको (ग) अनुसार चार वर्ष कैद र चालिस हजार रुपैंया जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

गाडीमा ढंगा प्रहार गर्ने ३ जनालाई  अभद्र ब्यबहारको कसुरमा मद्धा चलाइने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आज नै उनिहरूलाई सात दिनको म्याद थप गराइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट