October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन १६, २०८० 0६:२९
कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा- कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । म‌गलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित कुमार शाहले जानकारी दिएका छन् ।

उनका अनुसार गर्भावस्थामा एक पटक पनि चेकजाँच नगरेको, प्रेसर हाइ, खुट्टा सुनिएको र हेमोगोलोबिन पनि कम भएकाले यहाँ अप्रेशन सम्भव नहुने भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्रचारपछि गर्भवती विष्टलाई रिफर गरेकाे हो ।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन १६, २०८० 0६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट