October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित भवनको नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले उद्धघाटन् गरेका छन्

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० १४:४४
जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित भवनको नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले उद्धघाटन् गरेका छन्

सोमबार एक औपचारिक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा निर्माण गरिएको मुख्य कार्यालयको प्रहरी महानिरिक्षक कुँवरले रिवन काटेर कार्यालयको उद्घाटन् गरेका हुन् । त्यस्तै प्रहरी परिसरभित्र निर्माण गरिएका व्यारेक, निवास, हिरासत कक्ष र भान्साघरको प्रहरी महानिरिक्षक कुँवरले उद्धघाटन संगै निरिक्षण समेत गरेका छन् ।

नेपाल सरकारको नियमित विनियोजित बजेटबाट प्रहरी परिसरमा निर्माण गरिएका ५ ओटा भवनहरुको एकसाथ उद्धघाटन् गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहराले बताएका छन् ।

प्रहरी कार्यालय परिसर भित्र निर्माण गरिएका ५ ओटा मुख्य भवनहरु करिव ८ करोड ७६ हजार ६ सय ६४ रुपैयाँमा सम्पूर्ण भवनहरुको निर्माण कार्य पुरा भएको प्रहरिले बताएको ।

सुदूरपश्चिम प्रहरी कार्यालय अन्तरगत प्राविधिक सहायता समूहको तर्फबाट जिल्ला प्रहरी कार्यालय परिसर भित्र स्थानीय स्तरमा आत्मनिर्भर हुँदै जनस्तरमा सर्मपित एवं गुणस्तरीय सेवा दिने नेपाल प्रहरीको उद्देश्यसहित आफ्नै भौतिक पुर्वाधारहरु निर्माण गर्दै लैजाने लक्ष अनुरुप नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार महाशाखाबाट यस प्रहरी कार्यालयको गुरुयोजना तयार गरिएको थियो ।

प्रहरी परिसर भित्र निर्माण गरिएका नवनिर्मित भवनहरुको निर्माणका लागि गाल्वा निर्माण सेवा काठमाण्डौ, अंकित निर्माण सेवा मार्तडी र एमके निर्माण सेवा धनगढीले ठेक्का पाएको थियो । २०७४ सालबाट निर्माण कार्य सूरु गरेको निर्माण कम्पनिहरुले एक वर्ष अघि सवै भवनहरुको निर्माण कार्य सम्पन्न गरेको थियो ।

प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा प्रहरी परिसर भित्र निर्माण गरिएका भवनको उद्धघाटन् कार्यक्रममा विशिष्ट अतिथि बडीमाकिा नगरपालिकाका नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, प्रहरी प्रवक्ता कुवेरबहादुर कडायत, सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहरा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक किसोरसिंह ऐरीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला प्रहरी प्रमुख कविन्द्रसिंह बोहराले गरेका थिए ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट