October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर २५, २०८० २३:३७
हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

उमेश रोकाया/बाजुरा- बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन गरिएको छ।

हिमाली गाउँपालिका केन्द्र बिन्दुमा रहेकोे शैक्षिक संस्था भवानी माध्यमिक बिधालयमा खाद्य कार्यक्रमको सहकार्य तथा एकीकृत विकास समाज नेपालको प्राविधिक सहयोगमा संचालित बिधालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तर्गत स्थानीय तह र वडा कार्यालय सम्बन्धि शाखा प्रमुख प्रतिनिधि र सरोकारवालाहरुको सहभागिमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ।

बिधालय दिवा खाजा संगै तरकारी निरन्तरता खाइरहेका छन कि छैन। त्यसैगरी बिधालयमा खाजा खाएको अभिलेख चुस्त र दुरुस्त रूपमा राखेको हुनुपर्ने, बिधालयको प्रारम्भिक स्वास्थ जाच गरि अभिलेख राखेको हुनुपर्ने, सवै विद्यार्थीलाई वर्षमा २ पटक जुकाको औषधि अनिवार्य रूपमा खुवाईएको अभिलेख राखेको, कक्षागत हाजिर रजिस्ट्रार उल्लेखित मापदण्ड अनुसार सही र पुर्ण रूपमा भरी कार्यान्वयन ल्याएको हुनेपर्ने जस्ता विषय स्कुलमा अनुगमन गरिएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिम प्रसाद पाण्डेले बताएका छ।

स्कुलमा प्रयाप्त शौचालय छात्र र छात्रा बालमैत्रि धारा फोहोर विसर्जन खाडल भएको हुनुपर्ने र शौचालयमा प्याड विसर्जन इन्सिनेरेटर र महिनावारी स्वच्छता लागि प्याडको व्यवस्था भएको हुनुपर्ने जस्ता मुख्य विषयलाई हेरेका छौ। कक्षा कोठा व्यवस्थापन कार्पेट कुसन, बालमैत्री फर्निचर र सामाग्री भएको हुनुपर्ने। शैक्षिक व्यवस्थापन कमजोर विद्यार्थीलाई अगाडी राखेको हुनुपर्ने र तरकारी बिधालयमा ल्याएको अभिलेख राखेको सबै क्षेत्रमा नजिकै स्थानीय सरकार तथा गैरसरकारी संस्थाका गैरजिम्मेवारी बिधालय भित्र गएर अनुगमन गरेका पाण्डेले बताएका छन।

भवानी माध्यमिक बिधालय पहिला तुलनात्मक रूपमा धेरै राम्रो गरेको छ। अझ राम्रो बनाउन बिधालय परिवार र स्थानीय सरकार सबैको भुमिका उत्तिकै रहने आइ.डि.एस. नेपाल संस्था बाजुरा संयोजक प्रेम प्रसाद खनालले बताएका छन। अब केहि महिनामा बिधालय संस्थाको हिसाबले नमुनाको रूपमा शौचालय बनाउन कार्यक्रम राखेका छौ। त्यसलाई मजबुत बनाउन गाउँपालिका सङ सहकार्य गरेर प्राविधिक व्यवस्थापन समेत गरिने भएको छ। केहि समस्याहरु छन तिनीहरु लाई समाधान गर्न आफ्नो व्यक्ति तरिकाले वा संस्थाका हिसाबले लागिपरेको खानाले बताएका छन।

स्कुलमा विद्यार्थीहरुलाई स्वास्थ क्षेत्रमा बिधालय दिएको जिम्मेवारी काम राम्रो भएको छ। बिधालय विद्यार्थी लाई स्वास्थ्य चेकजाँच देखि वर्षमा खुवाउने जुकाको औषधि खुवाउने गरेको अभिलेख राखेको चेक गर्दा त्यसमा सकारात्मक देखिएको छ। स्वास्थ क्षेत्र पर्ने काम आफू लगायत स्वास्थ कर्मचारी खटिएका छन। बिधालयका बालबालिकालाई कहिलेकाही स्वास्थ परिक्षण गर्ने गरेका छौ। अझ पनि बिधालय समन्वय गरे अनुसार आफू सहयोग गरिरहने हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताउनुभयो।

गाउँपालिका केन्द्रमा पर्ने भएको भवानी माध्यमिक बिधालय पटकपटक अनुगमन गरेका छौ। शिक्षा क्षेत्रमा पहिलाको भन्दा अहिले राम्रो देखिएको छ। भवानी मावि मात्र नभएर पालिका भित्रका २२ वटा बिधालयमा अनुगमन कार्य निरन्तर गरिएको छ। दिवा खाजा अनुगमन संगै हेरफेर गर्दा बिधालय खाजा घर तथा भान्सा घरको लागी सानोतिनो भएपनि घर बनाउने कुरा अगाडी बढाएको छु। बिधालय दिवा खाजा मात्र नभएर पढाईको गुणस्तर संगै कक्षा कोठा अवस्था र खेलकुद भवन सबै काम राम्रो भएको छ। अझ केहि सुधार गर्नुपर्ने कुरा छन। बिधालय सुधार गर्ने सुझाव सल्लाह दिदै बाकी दिनमा आफ्नो कार्यकाल सम्म लागिपर्ने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।

बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक्त अनुगमनमा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल उपाध्यक्ष राजकला सार्की निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी आइ.डि.एस. नेपाल संस्था बाजुरा संयोजक प्रेम प्रसाद खनाल हिमाली गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष भिमान्द पाण्डे वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप थापा वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी रहनु भएको छ।

उक्त अनुगमनमा हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल कृषि विकास शाखा टोप बहादुर शाही बिधालय प्रधानाध्यापक धर्मराज पाण्डे बिधालय व्यवस्थापन समिति अध्यक्ष नरप्रसाद पाण्डे आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका फिल्ड सुपरभाइजर भिम प्रसाद पाण्डे सहित सहभागिता रहेर बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन गरिएको आइ.डि.एस. नेपाल संस्था बाजुरा संयोजक प्रेम प्रसाद खनाले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर २५, २०८० २३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट