October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भुकम्प पिडीतलाई दशै मनाउन खाद्यान्न सामाग्री वितरण गर्दै बडिमालिका मिडिया हाउस र वडाकार्यालय

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक २, २०८० १५:५३
भुकम्प पिडीतलाई दशै मनाउन खाद्यान्न सामाग्री वितरण गर्दै बडिमालिका मिडिया हाउस र वडाकार्यालय

बाजुरा–  बडीमालिका नगरपालिका ७ का ४६ विपम्न तथा भुकम्प पिडीत परिवारलाई परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । दशै मनाउन सहज होस् भन्ने उदेश्यले उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो ।
बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन  को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । ४६ सै सबै परिवारलाई चामल, तेल, चिनि, नुन, दाल सावन र दशैमा मासु खानकाे लागि पाँच सय रुपैँया नगद सहीत वितरण गरिएको वडान ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।
विपन्न गरिव परिवारले दशै र तिहारमा खानामा समस्या नहोस भनेर आफ्छना छरछिमेकी सरह दशै राम्रो होस भनेर वडाका विपन्न तथा भुकम्प पिडित नागरिकलाई खाद्यान्न, तेल, चिनि दाल कपडा धुने सावन र दशैमा मासुका लागि नगद पाँच सय रुपैया समेत सहयोग गरिएको बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष पदम सिहंले बताए ।
बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष पदम बहादुर सिहंको अध्यक्षतामा संचालन भएको खाध्यन्न बितरण कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्याय रहेका थिए । कार्यक्रममा स्थानिय जनप्रतिनिधि हरु तथा वडा न सातका  वडा सदस्य लोकेन्द्र रोकाय, डवल बिक झिरु विक, वडा सचिव सरिता ठकुल्ला लगायत वडाका कर्मचारीहरु अतिथि रहेका थिए । कार्यक्रमको संचालन बडिमालिका फाउण्डेशनका सचिव लक्ष्मीराज पाध्यायले संचालन गरेका थिए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक २, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट