October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा ५५ जना एमाले परित्याग गरि काङ्ग्रेस पाटीमा प्रवेश

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ९, २०८० १0:0३
हिमालीमा ५५ जना एमाले परित्याग गरि काङ्ग्रेस पाटीमा प्रवेश

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका छन।

पालिकाको वडा नम्बर २ कोटमा नेपाली काङ्ग्रेसको पाटी सुदृढीकरण कार्यक्रम संगै ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका छन। पाटी प्रवेश गर्ने वडा नम्बर २ कोट गाउँका ३८ जना नातिखोला १ जना रुम्दी गाउँका १६ जना गरि जम्मा ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका वडा सभापति काली बहादुर थापाले बताएका छन।

नेपाली काङ्ग्रेस पाटीको वडा छलफल नेताकार्यकर्ता बीच भव्य रूपमा गरिएको छ। पाटी संघसंगठन स्तर बढाउन वडा कार्यसमिति आयोजनामा औपचारिक कार्यक्रम भएको छ। उक्त कार्यक्रम वडा सभापति काली बहादुर थापा सभापतित्वमा कार्यक्रम सञ्चालन गरेका छन।

प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश वि.क. अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमानन्द पाण्डे, गाउँ कार्यसमिति सभापति अमलाल कार्की सहित नेताकार्यकर्ता भेला गराइ कार्यक्रम गरिएको सभापति थापाले बताएका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ९, २०८० १0:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट