October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान जोखिममा 

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ९, २०८० 0७:३२
रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान जोखिममा 

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी  रक्तश्राव  र नाल नआएर पाठेघरको मुख बन्द भएपछि ज्यान जोखिममा परेको छ ।

उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा रहेको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि रगत बग्ने नरोकिएको र सालनाल नआएपछि  ज्यान जोखिममा परेको बताए ।

बच्चालाई जन्माएपछि नाल नआएर पाठेघरको मुख नै बन्द भएकाले सुत्केरी महिलाको ज्यान खतरामा परेको शाखा प्रमुख भण्डारीको भनाई रहेको छ ।
सुत्केरी महिला रोकायाको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकप्टरमा उद्धारका लागि पहल भइरहेको  भण्डारीले बताएका छन् ।

सुत्केरी महिलाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत हेलिकप्टरको पहल भइरहेको छ । ज्यान नै खतरामा रहेको गाउँपालिकाबाट जानकारी आएकाले नेपाली सेनाको हेलिकप्टरको लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन्।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ९, २०८० 0७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट