October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सरकारी पुजा सामाग्री सहितको टोली बडिमालीका र बुढिनन्दा प्रस्थान

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १०, २०८० 0६:५२
सरकारी पुजा सामाग्री सहितको टोली बडिमालीका र बुढिनन्दा प्रस्थान

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेको बडीमालिकाको तिर्थ यात्रा आइतबार(आज)बाट सुरु भएको छ ।
शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरा सहित विभिन्न जिल्लाका तिर्थयात्रीहरु बडीमालिकाको यात्रामा रहेका छन् । भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडीमालिका सहित अन्य शक्ति पीठहरुमा एकैसाथ पुजा लाग्ने गर्छ ।दैवी शक्ती रहेको बडीमालिकामा रमणीय २२ पाटहरु,खेतीबेती,त्रिवेणी धाम र अन्य ठाउँको अवलोकन गर्ने गरी तिर्थयात्रीहरु बडीमालिका आउने गरेका छन् ।बडीमालिकाको दर्शनपछि मनोकाँक्षा पुरा हुने र दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरु बडीमालिकाको दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारी नेत्रप्रसाद पाध्यायले बताए ।
बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, र मागेको पुरा हुने भएकाले श्रद्धालु भक्तजनहरु बडीमालिकामा घुईचो लाग्ने गरेको पुजारी पाध्यायले बताउँछन् ।
बडीमालिकाको पुजाका लागि डोटीबाट डोल र जुम्लाको चन्दनाथबाट पनि सरकारी पुजा बाजुरामा आइ पुगेको छ ।
बाजुरा,डोटी, जुम्ला र कालिकोटबाट ल्याएको सरकारी पुजा बडीमालिकामा लाग्ने गरेको छ । सरकारी पुजापछि भक्तजनहरुले दर्शन गर्ने प्रचलन रही आएको छ ।
बुढीनन्दा पनि यात्रा सुरु:

जिल्लाकोे पुर्वी उत्तरी भेगमा रहेको बुढीनन्दाको पनि तिर्थ यात्रा सुरु भएको छ ।बडीमालिकासंगै बुढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ । धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा रहेको बुढीनन्दामा विभिन्न ताल,झरना र रमणीय फाँटहरु रहेका छन् ।बडीमालिका र बुढीनन्दा बहिनी भएकाले उनीहरुको शुक्ल पुर्णिमाको अघिल्लो दिन अथार्त भदौ चतुर्दशीका दिन पुजा लाग्ने गरेको छ ।यस वर्ष पहिलो पटक बुढीनन्दामा सरकारी पुजा लाग्ने भएको छ ।
चार शक्ति पिठमा एकै साथ पुजा :

जिल्लाका धार्मिक तथा पर्यटीकय क्षेत्र रहेका बडीमालिका,बुढीनन्दा,सुनन्दा, बडालेख,जाल्पादेवी लगायतका चार शत्तिः पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकै साथ पुजा लाग्ने गरेको छ ।
धार्मिक तथा पर्यटीय क्षेत्रका रुपमा रहेका ति चार शक्ति पिठमा आ–आफ्नै ठाउँमा पुजा आरधाना गरेर मेला भर्ने गरेका छन् ।बडीमालिका,बुढीनन्दा,सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरुको एकै साथ पुजा लाग्ने गरेको हो ।
बुढीनन्दा जाने भक्तजनले बडीमालिका लगायतका अन्य तिर्थयात्रा जान नपाइने धार्मिक मान्यता रही आएको छ ।
बडीमालिका जाने तिर्थयात्रीले बुढीनन्दा गएमा घरमा घटना हुने वा अन्य कुनै क्षती हुने जनविश्वास रही आएकाले आ–आफ्नै ठाउँमा पुजा मेला लाग्ने गरेको बताइएको छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १०, २०८० 0६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट