October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सडक भत्किएपछि सवारीसाधन ठप्प

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ४, २०८० १७:0८
सडक भत्किएपछि सवारीसाधन ठप्प

उमेश रोकाया/बाजुरा- बाजुराका विभिन्न ठाउँमा सडक बन्द सवारीसाधन ठप्प भएका छन।

जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधु पर्ने कर्णाली करिडोर संगै जोडिएको गाउँ सम्म सडक खण्डमा भत्किएको हुँदा स्थानीय आवतजावत निकै समस्या रहेकोे छ। कर्णाली करिडोर सडक देखि १ किलोमिटर भन्दा टाढा रहेको गाउँमा सडक संजाल जोडिएको भएपनि अविरल वर्षको कारण भत्किएको हुँदा स्थानीय लाई आउन र जानको निम्ति समस्या भोग्नुपरेको हिमाली गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तपेन्द्र कुमार शाहीले बताउनुभयो।

कर्णाली करिडोर संगै जोडिएको सडक हुँदा सवारीसाधन नियमितरूपमा चलेका थिए। एक हप्ता देखि गाउँमा मोटरसाइकल तथा जिप जानको लागि धेरै अप्ठ्यारो परेको छ। एक साताअघि आएको भारी वर्षाले सडक भत्किएका कारणले मुख्य रोड बाट गाउँमा गाडी तथा दुई पाङ्ग्रे सवारीसाधन चल्न बन्द अवस्थामा रहेकोे छ।

गाउँमा सवारी साधन पुग्दा आवतजावत सहज हुनु संगै समान ओसारपसार सजिलोसँग गाउँ लिन सकिन्थ्यो। आजभोलि गाउँमा समान लिन र लैजानको निम्ति मान्छे द्रारा पिठ्युँमा बोकेर लैजानुपर्ने बाध्यता रहेकोे छ। गाउँमा केहि दुई पाङ्ग्रे सवारी साधन भएपनि खोला छेउछाउमा राखेर घरमा जान गरेको अध्यक्ष शाहीले बताउनुभयो।

कर्णाली सडक मुख्य रोड संगै गाउँमा ग्रामीण सडक संजाल जोडिएको भएपनि ठाउँ ठाउँमा सडक बन्द सवारीसाधन थप भएका छन। स्थानीयलाई अहिले सानोतिनो देखि लिएर ठुलो समान गाउँमा लिनुपरेको अवस्था मान्छेले पिठ्युँ बोकेर गाउँमा लिने गरिन्छ। वर्षको कारण सडक भत्किएको हुँदा जिप तथा दुई पाङ्ग्रे सवारीसाधन चल्न बन्द रहेकोे अध्यक्ष शाहीले बताए।

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ४, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट