October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा

  • सेती कर्णाली खबर
  • सोमवार, साउन २९, २०८० १५:0३
सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा सम्पन्न गरेका छन।

नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति धुलाचौरको संयोजनमा कार्यक्रम गरिएको छ। पाटी भित्र रहेको विभिन्न कुरालाई छलफल गरेका छन। अब वडा र टोलमा नेपाली काङ्ग्रेस पाटी कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पाटी बिच नेताकार्यकर्ता छलफल भएको छ। गाउँमा पाटी सुदृढीकरण पहिलोको भन्दा अब संगठन एकीकृत बनाउने भएको छ। गाउँपालिका भित्र वडा कार्य समिति र टोल कार्यसमिति पहिलो जिम्मेवारी रहेकोे छ। अझै पाटी बलियो र राम्रो कसरी बनाउने कुरालाई पाटीमा सकारात्मक विषय छलफल भएको छ्।

पाटी लाई सुदृढीकरण गर्न पाटीका जिम्मेवारीबाट प्राप्त भएको व्यक्ति तथा पाटी जितेर जनप्रतिनिधि भएको जिम्मेवार मान्छेले बढी लागीपर्ने विशिष्ट अतिथि नृप वडले बताउनुभयो। सबै वडा टोलमा सभापति मिलेर पाटी सुधार पक्ष लैजानुपर्ने वडले बताए।

यसपटक धेरै ठाउँ ठाउँबाट बजेटको गुनासो आएको छ। समय छोटो हुँदा बजेट रकम कम भएको छ। यो प्रहिलो वर्ष हो अब आउने आर्थिक वर्षमा समग्र बाजुरा जनताका पहिलो प्राथमिकता दिइने भएको छ। पाटी सुधार गर्न हामी सवै एकजुट भएर लाग्नुपर्ने प्रमुख अतिथि नेपाली काङ्ग्रेस सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य बर्दी प्रसाद पाण्डेले बताउनुभयो।

कार्यक्रम सभा अध्यक्ष हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की प्रमुख अतिथि नेपाली काङ्ग्रेस सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य बर्दी प्रसाद पाण्डे बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् केन्द्रिय प्रतिनिधि नृप वड, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सभापति रामसिंह रावल, नेपाली काङ्ग्रेस नेता एवम् पुर्व सविधानसभा सदस्य महा नेपाली अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल लगायत प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय प्रदेश कार्य समिति गाउँ कार्य समिति वडा कार्यसमिति टोल कार्य समिति लगायत नेताकार्यकर्ता उपस्थितिमा कार्यक्रम गरिएको संचालक रमेश भण्डारीले बताएका छन।

कार्यक्रम भव्य सभ्य हुनुका साथै नेकपा एमाले पाटी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गर्नु हुने हिमाली गाउँपालिका वडा नम्बर २ कोट गाउँका रमेश बुढा, दुबलाल बुढा, धनराज बुढा, दिपक लाल बुढा, कल रोकाया, मानबहादुर रोकाया, सितलाल रोकाया, भिउमल रोकाया, बल बहादुर रोकाया, धर्मजित रोकाया सहित १० जना नेपाली काङ्ग्रेस पाटी विना स्वार्थमा पाटी प्रवेश गरेको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्कीले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • सोमवार, साउन २९, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट